Logo

भवन भट्टले दिएको उपहार मन्त्री यादवद्धारा अस्वीकार

भवन भट्टले दिएको उपहार मन्त्री यादवद्धारा अस्वीकार



काठमाडौं । लगानी सम्मेलनमा दिएको मायाको चिनो उद्योगमन्त्री मातृकाप्रसाद यादवले अस्वीकार गरेका छन ।

गैरआवासीय नेपाल संघका अध्यक्ष भवन भट्टले आयोजकको तर्फबाट दिएको सो उपहार उद्योगमन्त्री यादवले लिन अस्वीकार गरेका हुन ।

सम्मेलनका क्रममा एउटा छलफल सत्रको समापनमा भट्टले सबै प्यानलिस्टलाई उपहार दिन खोजेपनि यादवदले भने ‘म लिन्न’ भनेपछि सचिव यामकुमारी खतिवडाले सो उपहार लिएकी हुन ।

भट्टले सूर्य नेपालका प्रबन्ध निर्देशक अभिमन्यू पोद्दार, हुवासिन सिमेन्टका उपाध्यक्ष सू गाङ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, र पञ्चकन्या समूहका कार्यकारी निर्देशक प्रदीपकुमार श्रेष्ठलाई उपहार हस्तान्तरण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL