Logo

सामाजिक सुरक्षा नियमावली पारित, श्रमिकलाई काम नगर्दा पनि तलब (नियमावली सहित)

सामाजिक सुरक्षा नियमावली पारित, श्रमिकलाई काम नगर्दा पनि तलब (नियमावली सहित)



काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष नियमावली २०७५ पारित गरेको छ । लामो सयमदेखि अन्यौलमा रहेको सामाजिक सुरक्षा कोष नियमावली २०७४ मन्त्रिपरिषको यसै हप्ता बसेको बैंठकले पारित गरेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष नियमावली अनुसार कुनै पनि श्रमिकले काम छाडेको अवस्था पनि पारिश्रमिक पाउने छ । जस अनुसार कुनै पनि श्रमिकले तलव नपाउने अवस्थामा रोजगारदाताले कोषमा जम्मा गरिदिएको रकमबाट श्रमिकले प्रत्येक महिना पाउने तलब, भत्ता वा अन्य सुविधाको ३३ प्रतिशत रकम उक्त कोषबाट पाउने छ ।

सरकारले यस अघि सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याएको थियो । सो ऐनअनुसार, योगदानकर्ता (श्रमिक)को तलबको १० प्रतिशत, रोजगारदाताको १० प्रतिशत, ८ दशमलव ३३ प्रतिशत पेन्सनबापतको रकम र अन्य आपसी समझदारीमा गरी ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।

उक्त कोषमा योगदान गर्नका लागि रोजगारदाता तथा श्रमिकहरु सुचिकृत हुनुपर्ने छ । यसरी सुचिकृत भएको रोजगारदाता विशेष कारणले कोषबाट हटेमा वा हटाईएमा पनि उक्त रोजगारदाताले श्रमिकलाई भुक्तानी गर्न बाँकी रहेको रकम भने चुक्ता गर्नुपर्ने छ । त्यसरी दायित्व भुक्तानी गर्दा रकम अपुग भएमा सबै श्रमिकलाई समानुपातिक रुपमा दिईने छ । त्यसरी रकभ भुक्तानी गर्दा रोजगारदाताको चल तथा अचल सम्पती समेत बिक्री गरिने छ ।

उक्त नियमावली कार्यान्यनमा आएसँगै सामाजिक सुरक्षा कोषमा व्यवस्था भए बमोजिमको श्रमिकको औषधि उपचार, बीमा, मातृत्व सुरक्षालगायत विभिन्न ७ वटा योजना समावेश गरिएको छ ।

पूर्ण पाठको लागि यहाँ क्लिक गर्नुहोस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL