Logo

इजीलिंक रेमिटान्सको ब्रान्ड एम्बेस्डरमा लामिछाने, सय रुपैयाँ कालिकोट अस्पताललाई

इजीलिंक रेमिटान्सको ब्रान्ड एम्बेस्डरमा लामिछाने, सय रुपैयाँ कालिकोट अस्पताललाई



काठमाडौं । इजीलिंक रेमिटान्सले पत्रकार रबि लामिछानेलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउन देखाएको पेशागत इमान्दारिता र निष्ठाको कदर गर्दै आफ्नो ब्राण्ड एम्बेस्डर घोषणा गरेको इजीलिंकका प्रमुख कार्यकारी अधिकृत डिपी अर्यालले बताएका छन ।

लामिछानेले आफ्नो पेशालाई देशको राजनितिक, सामाजिक, आर्थिक लगायत विविध क्षेत्रमा व्याप्त विकृति र विसङ्गतीको विरुद्ध सशक्त रुपमा प्रयोग गरेकाले इमान्दारिता र निष्ठाको कदर गर्दै आफ्नो ब्राण्ड एम्बेस्डर घोषणा गरेका हौं अर्यालले भने ।

‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मूल नाराका साथ जापान, कोरिया, साइप्रस, अमेरिका लगायतका देशबाट नेपालमा रेमिटान्स भित्राउँदै आएको छ ।

जापान र कोरियाबाट इजिलींक मार्फत पठाइएको रकमबाट पठाउने व्यक्तिको नाममा सय रुपैयाँ कर्णालीको कालिकोटमा बन्दै गरेको अस्पतालको खातामा जम्मा गरिदिने समेत अधिकृत अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL