Logo

बजेटरी सहयोगका लागि विश्व बैंकको सवा २ अर्ब सहयोग, आर्थिक सुधार र उर्जामा लगानी

बजेटरी सहयोगका लागि विश्व बैंकको सवा २ अर्ब सहयोग, आर्थिक सुधार र उर्जामा लगानी



काठमाडौं । विश्व बैंकले नेपाललाई बजेटरी सहयोग अन्तरगत २ अर्ब ३५ करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकार र विश्व बैंकले करिव २ अर्ब ३५ करोड रुपैयाँ बराबरको सम्झौतामा हस्ताक्षर गरेका हुन । दुई ठूला सम्झौता अन्तरगत विश्व बैंकले नेपाललाई उक्त रकम उपलब्ध गराउने भएको हो ।

विश्व बैंकको ईन्डोनेसियाको बालीमा जारी बार्षिक भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा उक्त रकम सहयोगका लागि हस्ताक्षर गरिएको हो । उर्जा, तथा नेपालको आर्थिक अवस्थालाई माथि उकास्नका लागि उक्त रकम सहयोग गरेको विश्व बैंकले जारी विज्ञप्तीमा उल्लेख छ ।

हस्ताक्षरका कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालको आर्थिक सुधार तथा १५ बर्षमा १५ हजार मेगावट विद्युत निकाल्ने नेपालको योजनामा विश्व बैंकको सहयोगले ठुलो भुमिका खेल्ने बताए ।

विश्व बैंकले पहिलो सम्झौता नेपालमो चौथो स्थिर आर्थिक क्षेत्रको विकास नीतिका लागि गरिएको हो । जसले नेपालको आर्थिक सम्बन्धी नीतिनियम तथा कानुनी प्रावधानलाई सुधार गर्नका लािग सम्झौता भएको छ ।

साथै दास्रो सम्झौता भने नेपालको उर्जा क्षेत्रमा लगानी गर्दै आउने १ दशकमा १५ हजार मेवा जलविद्युत उत्पादनमा खर्च गर्नका लागि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL