Logo

डलरको मूल्य हालसम्मकै महङ्गो, सामानको भाउ फेरी कति बढ्ला ?

डलरको मूल्य हालसम्मकै महङ्गो, सामानको भाउ फेरी कति बढ्ला ?



काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ उच्च रुपमा बढेको छ । बुधबार एकैदिन डलरको मूल्य एक रुपैयाँ ७७ पैसाले बढ्दा नेपाली मुद्रा कमजोर बन्न पुगेको छ ।

मंगलबार डरलको मूल्य बढेर ११२ रुपैयाँ २० पैसामा बिक्री भइरहेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । यस अघि नेपालमा डलरको मूल्य बढेर ११० रुपैयाँ ७६ पैसा पुगेको थियो ।

डलरको मूल्य बढेसँगै नेपालको आयात अझै उच्च हुने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । पछिल्लो समय नेपालको बढ्दो व्यापार घाटालाई डलरको मूल्य बृद्धिले अझै बढाउने छ । ‘डलको मूल्य बढ्दा नेपालबाट निर्यात गरेर विदेशी मुद्रा भित्र्याउन सक्ने उत्पादन हामीसँग छैन,’ एक उद्योगीले भने, ‘हामी आयातमुखी अर्थतन्त्रमा निर्भर रहेकाले डलरको मूल्य बढ्दा ठूलो असर पर्नेछ ।

साथै नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थ समेत विदेशबाटै आयातत गर्नुपर्ने भएकाले डलरको मूल्य बढ्दा स्वदेशी उत्पादनको मूल्य समेत बढ्न जाने सम्बद्ध उद्योगीहरु बताउँछन् । ‘हामीले स्वदेशी उद्योगबाट बस्तु उत्पादन गरेपनि कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्छ,’ एक उद्योगीले भने, ‘कच्चा पदार्थको मूल्यबढेपछि उत्पादित बस्तुको मूल्य पनि स्वत बढ्नेछ ।’

तर, डलरको मूल्य बढ्दा नेपाल भित्र्ने रेमिटान्स भने बढ्ने जाने छ । नेपालको विदशी मुद्राको मुख्य स्रोत रेमिटान्स र पर्यटक आम्दानी भएको हुँदा डलर मूल्य बृद्धि हुँदा नेपालको आम्दानी बढ्नेछ ।

नेपालमा बार्षिक करिब नेपालको कुल ग्राह्स्थ्य उत्पादनको एक चौथाई हिस्सा बराबरको रेमिटान्स भित्र्दै आएको छ । जसले गर्दा देशको बाह्य व्यापार र भुक्तान सुन्तुलनलाई कायम राख्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL