Logo

यी हुन कम उमेरका विश्वका ५ अर्बपती, जसको सम्पत्ती ४ अर्ब १० करोड डलरसम्म छ

यी हुन कम उमेरका विश्वका ५ अर्बपती, जसको सम्पत्ती ४ अर्ब १० करोड डलरसम्म छ



काठमाडौं । फोब्र्स पत्रिकाले हालै बाहिर ल्याएको युबा अर्बपतीहरुको सुचीमा नर्वेका ३ जना युवा अर्बपती ५ जनामध्येमा परेका छन । हाल विश्वका सबैभन्दा कम उमेरका अर्वपतीको सुचीमा भने २१ बर्षीय एलेक्जेन्ड्रा एन्डर्सन र उनकी दिदी २२ बर्षीय क्यादरीना एन्डर्सन रहेका छन । हाल उनीहरु दुबै जनासँग लगभग १ अर्ब ४० करोड डलर बराबरको सम्पत्तीे छ ।

१ एलेक्जेन्ड्रा एन्डर्सन

एलेक्जेन्ड्रा एन्डर्सन २१ बर्षीय विश्वकै कान्छी धनी युवती हुन । उनले आफ्नी दिदी क्यादरिना एन्डर्सन सँग मिलेर आफ्नो पारिवारको स्वामीत्वमा रहेको फर्ड नामक लगानी कम्पनीको ४२ प्रतिशत हिस्सा आफ्नो नाममा पारिन । फर्ड कम्पनी नार्डक स्टक एक्सचेन्जमा सक्रिय लगानी कम्पनी हो जसमा निजी इक्वीटी लगानी र चलानी हेज फन्ड रहेको छ ।

२ क्यादरिना एन्डर्सन

मदिरापान सेवन गरी सवारी चलाए बापत २३ हजार युरो जरिवाना तिरेर २०१७ को हेडलाईन बनेकी २२ बर्षीय क्यादरिना एन्डर्सन नर्वेवासी हुन । उनि विश्वकै युवा धनीहरुमध्ये दोस्रो स्थानमा पर्छिन । जबकी उनकी बहीनी २१ बर्षीय एलेक्जेन्ड्रा पहीलो युवा धनी हुन । उनिहरु दुबैजनाले आफ्नो परिवारले चलाएको फर्ड नामक लगानी कम्पनीमा ४२/४२ प्रतिशत लगानीको स्वामित्व गरेका छन । उनका पिता जोहन हाल पनि उक्त फर्ड कम्पनी ७० प्रतिशत भोटका साथ चलाईरहेका छन ।

३ गुस्तोभ म्याग्नर वीट्टो

१ अर्ब ९० करोड डलर सम्पत्तीका मालिक २४ बर्षीय गुस्तोभ म्याग्नर वीट्टोको नाममा नर्वेको माछा उत्पादक कम्पनी सालमारको आधा हिस्सा छ । सालमार कम्पनी विश्वकै सबैभन्दा धेरै सालमोन माछा उत्पादन गर्ने कम्पनी हो । उनका पिता गुस्तोभ वीट्टो हाल पनि उक्त माछा उत्पादन कम्पनी चलाइरहेका छन । उनलाई पिताले नै सन २०१३ मा कम्पनीको उक्त हिस्सा उपहारस्वरुप आफ्नो छोरालाई दिएका थिए । उनका बुवाले उक्त कम्पनी चलाईरहदा गुस्तोभ म्याग्नरले भने प्रविधि तथा रियल स्टेटमा लगानी गर्न केन्द्रीत रहेको भनि फोब्र्सले रिपोर्ट गरेको थियो ।

४ इभान स्पीगेल

४ अर्ब १० करोड सम्पत्तीका मालिक २७ बर्षीय स्पीगेल र उनका सहपाठी बबी मर्फी मीलेर प्रसिद्ध फोटो सेयरिङ प्रविधि स्न्यापच्याटको शुरुवात गरेका थिए । स्न्याप च्याटले सन २०१७ मा व्यापार सुरु गरेपछि उनी सार्वजनिक कम्पनीको सवैभन्दा कम उमेरका प्रमुख कार्यकारी भएका थिए । बबी मर्फी र इभान स्पीगेल दुबैसँग स्न्यापच्याटको १८ प्रतिशत हिस्सा छ । तर उक्त हिस्सा एक निश्चित बोर्डको नियन्त्रणमा रहेको छ । फोब्र्सका अनुसार प्रत्येक दिन लगभग १७ करोड मानिसले स्न्यापच्याट चलाउँछन ।

५ जोन कोलिसन

१ अर्ब डलर सम्पत्तीका मालिक हार्भड विश्वविद्यालयमा पठनपाठन गरेका २७ बर्षीय कोलिसन उनका दाईसँग मिलेर स्ट्राइप नामक अनलाईन भुक्तान सेवाको को फाउन्डर बनेका थिए । आयरल्यान्डमा जन्मेका उनी हाल अमेरिकाको सान फ्रान्सीस्कोमा बस्छन जहाँ उनको कम्पनी अबस्थित छ । फोब्र्सका अनुसार स्ट्राइपले १५ करोड डलरको फन्ड बन्द गरेसँगै २०१६ को नोभेम्बरमा ९ अर्ब २० करोडको कारोबार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL