Logo

पीएफएमलाई गुणस्तरीय बनाउन अर्थमन्त्रीको निर्देशन, लेखापरीक्षकलाई कामप्रति जिम्मेवार हुन आग्रह

पीएफएमलाई गुणस्तरीय बनाउन अर्थमन्त्रीको निर्देशन, लेखापरीक्षकलाई कामप्रति जिम्मेवार हुन आग्रह



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रभावकारी र गुणस्तरिय बनाउन अर्थमन्त्री निर्देशन दिएका छन् । विश्वव्यापी वित्त व्यवस्थापनको सवालमा नेपाल पनि एक भाग भएकाले सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी र गुणस्तरिय बनाइ अन्तराष्ट्रिय मापदण्डको बनाउन उनको सुझाव थियो ।

मुलुकमा मध्यकालिन खर्च संरचना (एमटीइएफ)को क्षेत्रमा काम थालनी भएपनि राजनीतिक अस्थिरताको कारणले प्रभावकारी हुन नसकेको अर्थमन्त्री खतिवडाको भनाई थियो । ‘सरकारलाई जवाफदेही र काम कारवाहीलाई प्रभावकारी बनाउन त्यो अपरिहार्य छ,’ अन्तराष्ट्रिय सार्वजनिक क्षेत्रसम्बन्धी सम्मेलनमा बोल्दै उनले भने, ‘सरकार खर्चमा पारदर्शिता र वित्तीय स्थानान्तरणमा जनताप्रति उक्तरदायी हुनुपर्छ ।’

अहिले विगतमा जस्तो बजेटमा घोषणा गरेकै भरमा मनपरि खर्च गर्ने अधिकार नभएको पनि उनको भनाई थियो । ‘बजेटमा घोषणा गरेकै भरमा खर्च गर्ने छुट अब छैन । यसकारण खर्च प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन जरुरी छ,’ उनले भने । विगतमा प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेकै कारण सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको खतिवडाले जानकारी दिए ।

‘सार्वजनिक वित्त व्यवस्थापनमा संस्थागत सुधार र विधिमा एकरुपता प्रमुख चुनौतिका रुपमा देखिएको जानकारी दिँदै यसलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि, सक्षम बैंकिङ कारोबार प्रणाली र दक्ष जनशक्ति अपरिहार्य रहेकाले तीनको विकास तथा उपयोगमा जोड दिनुपर्ने उनको भनाई थियो ।

मन्त्री खतिवडाले पेशा र व्यवसायप्रति जिम्मेवार र जवाफदेही हुन लेखापरीक्षकहरुलाई समेत आग्रह गरेका छन् । ‘आफ्नो कामप्रति जिम्मेवार र नौतिकवान बन्नुस,’ उनले भने, ‘वित्तीय अनुशासन र पारदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्नुहोस ।’ बैंक तथा वित्तीय संस्थालाई सरकारका निर्देशनहरु पालना गर्दै नागरिकप्रति उत्तरदायी र जिम्मेवार हुन आग्रह गरेका हुन् । ‘वित्तीय प्रतिवेदनहरुको लेखापरिक्षण तथा संपरिक्षण गर्ने निकायहरुलाई आफुले हेर्ने संघसंस्थाको वित्तीय अवस्था विश्लेषण गर्दा कुनै पुर्वाग्रह नराख्न अर्थमन्त्री खतिवडाले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL