Logo

एफनसीसीआई, चेम्बर र सीएनआईको प्रमुख राजनीतिक दलहरुलाई संयुक्त अपिल, संयमतापूर्वक निर्णय लिन आग्रह

एफनसीसीआई, चेम्बर र सीएनआईको प्रमुख राजनीतिक दलहरुलाई संयुक्त अपिल, संयमतापूर्वक निर्णय लिन आग्रह



काठमाडौं । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले गम्भीर ध्यानाकर्षण गराएको छ । निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र निजी क्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि बारम्बार सुझाव दिदै भन्दै अहिलको अवस्थामा संयमतापूर्वअब निर्णय लिन आग्रह गरेको हो ।

laxmi

‘राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यचार्थतालाई कसैले पनि भुल्न हुदैन,’ संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘विश्वव्याधी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित छ ।’

राजनीतिक स्थिरताको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले थप जटिलता सृजना गर्नेमा निजी क्षेत्र शसंकित एवं चिन्तित भएको जानकारी दिएको छ । साथै भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्नेमा निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ ।

विषम परिस्थितिमा सम्पूर्ण राजनीतिक दलहरू समक्ष सुझबुझ र संयमतापूर्वक निर्णयलिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL