Logo

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण, दक्षिण एशियामा ३ राष्ट्रको वृद्धिदर धनात्मक हुने

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण, दक्षिण एशियामा ३ राष्ट्रको वृद्धिदर धनात्मक हुने



काठमाडौं । एसियाली विकास बैंक (एडीबी) नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत रहने अनुमान गरेको छ । एडीबीले ‘एसियाली विकास अपडेट’ सार्वजनिक गर्दै उक्त अंकको वृद्धिदर हुने बताएको हो ।

laxmi

यसअघि अप्रिलमा ५ दशमलव ३ र जुनमा २ दशमलव ३ प्रतिशत वृद्धिदर अनुमान गरिएको थियो। यस्तै दक्षिण एशियाको आर्थिक वृद्धिदर माइनस ६ दशमलव ८ प्रतिशत रहनेसमेत एडीबीले प्रक्षेपण गरेको छ ।

एडीबीको प्रतिवेदनअनुसार दक्षिण एशियामा माल्दिभ्स, भारत, श्रीलंका, अफगानिस्तान र पाकिस्तानको आर्थिक वृद्धिदर ऋणात्मक रहने आँकलन गरिएको छ। तर बंगलादेश, भुटान र नेपालको अर्थतन्त्रले भने धनात्मक आर्थिक वृद्धिदर हासिल गर्नेछन्। तर सन् २०२१ मा भने समग्र दक्षिण एसियाले ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ।

यसबाहेक एसियाली अर्थतन्त्रमध्ये मध्यएसियाको माइनस २ दशमलव १ प्रतिशत, पूर्वी एसियाको १ दशमलव ३ प्रतिशत, दक्षिणपूर्वी एसियाको माइनस ३ दशमलव ८ प्रतिशत, प्रशान्त क्षेत्रको माइनस ६ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर तथा संकुचन हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL