Logo

आर्थिक वृद्धिसम्बन्धी गलत प्रचार नगर्न विभागको आग्रह, बैशाखमा प्रकाशित तथ्यांक मात्रै आधिकारिक

आर्थिक वृद्धिसम्बन्धी गलत प्रचार नगर्न विभागको आग्रह, बैशाखमा प्रकाशित तथ्यांक मात्रै आधिकारिक



काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६र०७७ को आर्थिक वृद्धिका सम्बन्धमा गलत प्रचार भएको र तथ्यको तोडमोड गरिएकामा आपत्ति जनाएको छ ।

laxmi

विभागले आव २०७६र०७७ मा आधारभूत मूल्यमा २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान यसअघि नै सार्वजनिक गरेको सन्दर्भ जोड्दै सो बाहेक राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन गरी प्रकाशनमा नल्याएको जनाएको छ । विभागले पछिल्ला केही दिनमा आर्थिक वृद्धिको विषयलाई लिएर गलत तथ्याङ्कको प्रसार तथा प्रशारण भइरहेको पाइएकाले त्यस्तो गलत हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रियतहमा देखिएको कोरोनाको महामारीको असरलाई न्यून गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासको प्रभावले हाम्रो अर्थतन्त्रमा पर्ने असर अनुमान गरि आव २०७६र०७७ को प्रारम्भिक वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क गत वैशाख १७ गते प्रकाशनमा ल्याइएको स्मरण गराएको छ ।

सो आवको तेस्रो त्रैमासको मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा आव २०७५र०७६ को सोही अवधिको तुलनामा ०.८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसैगरी मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा आव २०७६र०७७ को दोस्रो त्रैमासको तुलनामा सोही आवको तेस्रौ त्रैमासमा २.७२ प्रतिशतले सङ्कुचन हुने प्रारम्भिक अनुमान गरिएको छ ।

यी बाहेक विभागले कुनै पनि वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन गरी प्रकाशनमा नल्याएको विभागद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL