Logo

आर्थिक बर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट, राजस्व संकलन लक्ष्य ८ खर्ब ७९ अर्ब

आर्थिक बर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट, राजस्व संकलन लक्ष्य ८ खर्ब ७९ अर्ब



काठमाडौं । सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयँको बजेट ल्याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक बर्षको तुलनामा बजेटको आकार घटाउँदै आगामी आर्थिक बर्षको बजेट ल्याएका हुन ।

कोरोना पछिको आर्थिक समस्याका कारण देशको राजस्व संकलनमा संकुचन आएसँगै सरकारले आगामी आवका लागि बेजट समेत घटाएर ल्याएको हो ।

सरकारले सो बजेटमध्ये चालू खर्चतर्फ कुल बजेटको ६४ दशमलव ४ प्रतित अर्थात ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी पूँजीगत खर्चतर्फ कुल बजेटको २३ दशमलव ९ प्रतिशत अर्थात ३ अर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी सरकारले बजेटको स्रोत व्यवस्थापनको ८ खर्ब ७९ अर्ब ६२ करोड रुपैयाँ राजस्वबाट उठाउने भएको छ । यसैगरी वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

यसैगरी उक्त स्रोतबाट नपुग ५ खर्ब २४ अर्ब ५० करोड बजेटका लागि २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ वैदेशिक ऋण लिने भएको छ । साथै २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL