Logo

विप्रेषण आप्रवाह ईतिहासकै कम हुने, दक्षिण एशियामा २२ प्रतिशतको गिरावट

विप्रेषण आप्रवाह ईतिहासकै कम हुने, दक्षिण एशियामा २२ प्रतिशतको गिरावट



काठमाडौं । चालु बर्ष विश्व विप्रेषण २० प्रतिशतले घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्वभर फैलिएको कोरोनाको महामारी र यसले निम्त्याएको लकडाउनका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भई विप्रेषणमा भारी गिरावट आउने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकका अनुसार यो ईतिहाँसकै सबैभन्दा धेरै गिरावट हो ।

केही ठुला देशहरुमा कामदारलाई परिचालन गर्न नसकिँदा र कामदारले तलव नपाउँदा यसमा कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको हो । यस्तै मध्यम आय भएका देशहरुको विप्रेषण आप्रवाहमा १९ दशमलव ७ प्रतिशत गिरावट आउने बताएको छ । गत बर्ष मध्यम आय भएका देशहरुमा ४ सय ४५ बिलियन डलरको विप्रेषण आप्रवाह भएको थियो ।

केही मध्यम आय भएका तथा गरिब मुलुकहरुको शिक्षा, पोषण तथा मानव विकास विप्रेषणले धानिएको हुन्छ । यसरी एकाएक विप्रेषणमा कमी आउँदा सामान्य जिवनयापन गर्न गाह्रो पर्ने अनुमान गरिएको छ ।

विश्व बैंकले यस्ता देशहरुलाई ध्यानमा राखेर जी ट्वान्टी देशहरुको सहकार्यमा रेमिट्यान्स फ्लो नघट्ने गरी काम गरिरहेको बताएको छ । जसअनुसार मध्यम आय भएका देशहरुले आफ्नो देशमा रेमिट्यान्स आप्रवाहमा कमी आएको महशुस नगरुन । तरसन २०२१ मा भने विप्रेषण आप्रवाहमा ५ दशमलव ६ प्रतिशतको वृद्धि भएर मध्यम आय भएको राष्ट्रहरुको आयस्तर उकास्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकका अनुसार दक्षिण एशियामा भने सन २०२० मा २२ प्रतिशतले विप्रेषण आप्रवाहमा गिरावट आउने प्रक्षेपण गरिएको छ । सन २०१९ मा दक्षिण एशियामा मात्रै १ सय ९ विलियन डलरको विप्रेषण आप्रबाह भएको थियो । दक्षिण एशियाको अर्थतन्त्रमा पनि कोरोनाले निम्त्याएको लकडाउन र तेलको मूल्यका कारण ठुलो असर पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL