Logo

कोरोना भाइरसले विश्वव्यापी बिरामी अर्थतन्त्रको मुखुण्डो उत्रियो, बिग्रदो सप्लाई चेन अब के हुन्छ ?

कोरोना भाइरसले विश्वव्यापी बिरामी अर्थतन्त्रको मुखुण्डो उत्रियो, बिग्रदो सप्लाई चेन अब के हुन्छ ?



काठमाडौं । पछिल्लो केही हप्तादेखि विश्वभर छाएका विभिन्न खालका समाचारहरुका कारण गैर अमेरिकीहरु तनावमा छन् । अमेरिकाका विभिन्न राज्य र स्थानीय तहहरुका तर्क सुन्दा देशले गृहयुद्ध भईरहेको बेलामा पनि थाहा नपाएको जस्तो गरिरहेको छ । सुन्दा अच्चम्म हुन्छ विश्वकै ठुलो अर्थतन्त्र भएको र शक्तिशाली देश अमेरिका भर्खर औषधि बनाउने र किन्ने हाडबाजीमा छ ।

अस्पतालहरुमा विरामी राख्न नसक्ने देखिएपछि तथा उपचार गर्नै कठिनाई हुने देखिएपछि विश्वकै सबैभन्दा ठुलोमध्येको न्युयोर्क शहर हाल बन्दको चपेटामा छ ।

अमेरिकामा रहेका पुँजीबादी सोच भएका र अर्थतन्त्रलाई मात्रै ध्यानमा राखेर अघि बढ्ने प्राय मानिसहरु अहिले अच्चम्ममा छन् । अमेरिकाको जेसुकै गर्न सक्ने अर्थतन्त्र अब लंगडो भएको छ ।

अभावहरु

अमेरिका, बेलायतलगायतका देशहरुका सार्वजनिक स्टोरहरुले विश्व अभावतिर लम्किरहेको देखिन्छ । केही व्यवसायीहरुले सामानहरु भविष्यमा हुने संकटको सामाना गर्दै आफुलाई चाहिने जती मात्रै सामान किन्न थालेका छन् । विश्वको सप्लाई चेनमा समस्या परेको छ । विश्वभरीका किनमेल बजारमा अभाव छाएको छ । विद्यालय, विश्वविद्यालयहरु बन्द भएपछि शिक्षा क्षेत्रसमेत धरापमा परेको छ । बल्ल अब भने विश्वमा बस्तु अभावको झल्को देखिन थालेको छ ।

यो उत्पादनमुल उद्योगमा पनि लागु भएको छ । उद्योगधन्दाहरुलाई तिव्र रुपमा संंचालनमा ल्याएर एसेम्बल गर्न र बनाउन जरुरी छ । र बस्तु तथा सामानलाई सस्तोमा दिन पनि उत्तिकै जरुरी छ । चीनको एक महिना लामो लकडाउनले विश्वको सप्लाई चेनमा असर पारेको छ । विभिन्न देशका सरकारहरुले आगामी मन्दीलाई मध्यनजर गर्दै उत्पादनमुलक उद्योगहरुलाई तिव्र रुपमा संचालन गर्नु जरुरी छ ।

यसैका आधारमा धेरै देशहरुले विभिन्न सामानहरु सस्तो मूल्यमा बनाउनु पनि जरुरी छ । जसको उद्देश्य विश्व समुदायलाई सस्तोमा सामान, वस्तु उपलब्ध गराउनु हुनेछ । अमेरिकाले हालै सस्तो भेन्टिलेटर बनाएर उपलब्ध गराउने निर्णय गरिसकेको छ । यस्तै सरकारले सार्वजनिक लगायत निजी कम्पनीहरुलाई पनि उत्तिकै मात्रामा वस्तु उत्पादनमा सहयोग पुर्याउन सहयोग गर्नु जरुरी छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL