Logo

अर्थले रोक्यो सबै मन्त्रालयलको १४ शिर्षकका बजेट, सवारी खरिददेखि अनुगमन सेवा परामर्शसम्म बन्द

अर्थले रोक्यो सबै मन्त्रालयलको १४ शिर्षकका बजेट, सवारी खरिददेखि अनुगमन सेवा परामर्शसम्म बन्द



काठमाडौं । सरकारले कोरोना भाइरसको प्रभाव बढेसँगै विभिन्न १४ शिर्षकका बजेट खर्चमा रोक लगाएको छ । अर्थमन्त्रलायले बुधबार एक पत्र काट्दै अत्यावश्यक बाहेकका शिर्षकका बजेट खर्चमा कटौटी गरेको हो ।

देशमा विषम परिस्थिती सिर्जना भएकाले तत्कालका लागि सबै मन्त्रालयका बजेट कटौटी गरिएको अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले जानकारी दिए । ‘अहिले राज्यको सम्पूर्ण शक्ति कोरोना भाइरस रोकथाम तथा जनताको उपचारमा लगाउनु पर्ने देखिएको छ,’ उनले भने, ‘त्यसैले सम्पूर्ण मन्त्रालयका विभिन्न १४ शिर्षकका बजेट तत्कालका लागि रोक्का गरेका छौं ।’

‘आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २१ (१) मा रहेको व्यवस्था बमोजिम सम्पूर्ण मन्त्रालय तथा निकायको देहायका खर्च शिर्षकमा विनियोजित बजेटमध्ये २०७६ चैत २० गतेसम्म दायित्व सिर्जना भैसेको र बोलपत्र आब्हान भइरेको बाहेक बाँकी बजेट तत्काल लागू हुनेगरी रोक्का गरिएको छ,’ मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।

जस अनुसार अबका दिनमा सबै मन्त्रालय तथा निकायले सवारीसाधन खरिद, मेशिनरी तथा औजार, फर्निचर, पूँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति, सेवा परामर्श, कर्मचारी तालिम, कार्यक्रम खर्च, शीप विकास तथा जनचेतना कार्यक्रम, अनुगमन मूल्याङ्कन, भैपरी आउने चालू तथा पुँजीगत खर्च, कम्प्युटर तथा सफ्टवेयर खरिद लगायतका शिर्षकमा विनियोजित सम्पूर्ण बजेट रोक्ने निर्णय गरेको छ ।

अर्थले यहि चैत १९ गतेको सचिव स्तरीय निर्णय अनुसार तत्कालका लागि उक्त शिर्षकका सम्पूर्ण बजेट रोक्नका लागि पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL