Logo

नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतले घट्ने एडीबीको प्रक्षेपण, समग्र एसियाको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा झर्ने

नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतले घट्ने एडीबीको प्रक्षेपण, समग्र एसियाको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा झर्ने



काठमाडौं । एसियाली विकास बैंक ९एडीबी०ले चालू आर्थिक वर्ष २०७६र७७ मा नेपालको आर्थिक वृद्धिदर करिब दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ। एडीबीले आज सार्वजनिक गरेको ‘एसियन डेभलपेन्ट बैंक आउटलूक, २०२०’ का अनुसार नेपालको आर्थिक वृद्धिदर ५दशमलव३ प्रतिशतमा सिमित रहने आकलन छ।

रिपोर्टमा कोभिड–१९ को प्रभाव र अन्य कारणले चालु आवमा नेपालको आर्थिक वृद्धिदर गत आवको ७ दशमलव १ प्रतिशतबाट झरेर ५ दशमलव ३ प्रतिशत मात्र कायम हुने उल्लेख गरिएको छ।

कोभिड–१९को प्रभावले नेपालको मात्रै नभएर समग्र एसियाको आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशतमा झर्ने जनाइएको छ। उच्च आय भएका एसियाली मुलुक बाहेक अन्य विकासशील मुलुकको ५ दशमलव ७ प्रतिशतबाट झरेर २ दशमलव ४ प्रतिशत मात्रै रहने छ ।

जारी लकडाउने औद्योगीक र सेवा क्षेत्रमा प्रत्यक्ष प्रभाव र रेमिटेन्स आप्रवाह शुन्यमा झरेको एडीबीको भनाइ छ। यो वर्ष धान उत्पादनमा आएको गिरावटले पनि वृद्धिलाई असर पार्ने एडीबीको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
MBL