Logo

महंगियो नेपालीको भान्सा, खाद्यान्नको मूल्यवृद्धि १० प्रतिशत माथी

महंगियो नेपालीको भान्सा, खाद्यान्नको मूल्यवृद्धि १० प्रतिशत माथी



काठमाडौं । पछिल्लो केही महिना यता नेपालीको भान्सा महंगिएको छ । नेपालमा विभिन्न बस्तुसँगै खाद्यपदार्थको मूल्यवृद्धि चुलिँदा नेपालीको भान्सा महंगिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पछिल्लो ६ महिनाको तथ्याङ्क अनुसार खाद्य तथा पेयपदार्थ समुहको मूल्यवृद्धि बढेर १० दशमलव २१ प्रतिशत पुगेको छ । गत बर्षको सोही अवधिमा ९ दशमलव ७६ प्रतिशत रहेको यो क्षेत्रको मुद्रास्फीति यो बर्ष बढ्दै त्यती पुगको हो ।

तथ्याङ्क अनुसार पछिल्लो ६ महिनामा समग्र मुद्रास्फीति पनि बढेर ६ दशमलव ८२ प्रतिशत पुगको छ । गत आवको सोही अवधिमा समग्र मुद्रास्फीति ४ दशमलव ५८ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनामा खाद्यतर्फ तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुलको मूल्य बढेको छ । यस्तै गैरखाद्य तथा सेवा समुहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता, फर्निसिङ लगायतको मूल्य आकासिएको छ ।

तथ्याङ्क अनुसार पछिल्लो ५ महिनामा काठमाडौं उपत्यकामा करिव २ प्रतिशतले मूल्यवृद्धि बढेको छ । गत आवको पहिलो ६ महिनामा ५ दशमलव १५ प्रतिशत रहेको काठमाडौं उपत्यकाका मुद्रास्फीति बढेर यो बर्षको सोही अवधिमा ७ दशमलव २४ प्रतिशत पुगेको छ । यस्तै हिमाल, पहाड र तराईमा पनि सोही अनुसार यो बर्ष मूल्यवृद्धि बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL