Logo

सन् २०३४ मा नेपाल विश्वको ८८ औं ठुलो अर्थतन्त्र भएको मुलुक बन्ने, एक नम्बरमा चीन

सन् २०३४ मा नेपाल विश्वको ८८ औं ठुलो अर्थतन्त्र भएको मुलुक बन्ने, एक नम्बरमा चीन



काठमाडौं । विश्व अर्थतन्त्रमा सन् २०१९ सकिदै गर्दा सामान्य रुपमा आशालाग्दो सञ्चार देखिएको छ । सन् २०३४ मा नेपाल विश्वको ८८ औ ठुलो अर्थतन्त्र भएको मुलुक बन्ने प्रक्षेपण सार्वजनिक भएको छ । बेलायतको ‘सेन्टर फर इकोनोमीक्स एण्ड विजनेश रिसर्च’ को ‘वल्र्ड इकोनोमीक लिग टेबल ’को ११ औं संस्करणले नेपालको अर्थतन्त्रको बारेमा समेत प्रक्षेपण गरेको हो ।

प्रतिवेदनमा सन् २०३४ सम्ममा विश्वका १९३ वटा मुलुकमध्ये नेपाल ८८ औ ठुलो अर्थतन्त्र भएको मुलुक हुने छ । सन् २०१९ मा १०३ औँ स्थानमा रहेको नेपाल २०२० मा १०० औँ स्थानमा, २०२४ मा ९६ औ स्थान २०२९ मा ९५ औ र २०३४ औ स्थानमा ८८ औ स्थानमा आउने देखिएको छ । सोही प्रक्षेपणले भनेको छ सन् २०३४ मा विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र चिन, दोस्रोमा अमेरीका र तेस्रोमा भारत हुने छ ।

सन् २०१९ मा पाँचौ स्थानमा रहेको भारत, तेस्रो स्थानको जापान र चौथो स्थानको जर्मनीलाई पछि पार्दै तेस्रो स्थानमा पुग्ने छ । यस्तै सोही समयमा विश्वको चौथो देखी दशौ ठुलो अर्थतन्त्रमा क्रमश जापान, जर्मनी, बेलायत, फ्रान्स, क्यानडा, ब्राजिल, र दक्षिण कोरियाले स्थान जमाउने छन् । गएको वर्ष २०१९ मा ८ औं स्थानमा रहेको इटाली २०३४ मा शीर्ष १० बाट बाहिरिएर १४ औँ स्थानमा पुग्ने र १२ औ स्थानमा रहेको कोरिया १० औ नम्बरमा उक्लनेछ ।

दक्षिण एशियाली मुलुक भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रुपमा उदाउँदै गर्दा छिमेकी मुलुक पाकिस्तानको स्थान भने २०१९ मा ४४ औं स्थानबाट खस्किएर २०३४ मा ५० औं स्थानमा पुग्न सक्ने अनुमान सार्वजनिक भएको छ । विकसित देशको यात्रामा अगाडि बढेको बंगलादेश भने २०३४ मा एशियाको ठूलो अर्थतन्त्रको रुपमा स्थापित हुने छ ।

सोही अवधिमा एशियाका ठूला दश अर्थतन्त्रमा चीन पहिलो, भारत दोस्रो र जापान तेस्रो स्थानमा पुग्नेछ । त्यस्तै शीर्ष १० मा क्रमशः दक्षिण कारिया, इन्डोनेशिया, साउदी अरेबीया, फिलीपिन्स ताइवान, थाइल्याण्ड र बंगलादेश रहने छन् ।

उक्त प्रतिवेदनमा भनिएको छ– सन् २०३४ सम्म बंगलादेशको अर्थतन्त्र पाकिस्तान, युएई, सिंगापुर र मलेशिया भन्दा पनि अगाडि पुग्नेछ । दक्षिण एशियाली देशमा २०१९ देखि ३४ को बीचमा सबैभन्दा उच्च आर्थिक वृद्धि बंगलादेशको हुने देखिएको छ ।

भारतको आर्थिक वृद्धि दर २०१९ देखि २०२४ सम्म ५।५ प्रतिशत, २०२४ देखि २०२९ सम्म ६।१ प्रतिशत र २०२९ देखि २०३५ सम्म ६।१ प्रतिशत रहने अनुमान छ । माल्दिभ्सको सुरुको ५ वर्षमा ५।६ प्रतिशत र २०२६ देखि २०३४ सम्म ५।५ प्रतिशतको आर्थिक वृद्धि रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL