Logo

अर्थमन्त्रीले भने, ‘बैंकले सहुलियत कर्जा नदिए मलाई इमेल गर्नुस सरकारले एक्सन लिनेछ’

अर्थमन्त्रीले भने, ‘बैंकले सहुलियत कर्जा नदिए मलाई इमेल गर्नुस सरकारले एक्सन लिनेछ’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले सहुलियत कर्जा नदिए आफुलाई फोन वा इमेल गर्न आग्रह गरेका छन् । पछिल्लो समय सरकारले ल्याएको युवा लक्षित सहुलियत पुर्ण कर्जा अन्तरगत बैंक तथा वित्तीय संस्थाले कर्जा नदिएको गुनासो आइरहेको बेला अर्थमन्त्री खतिवडाले उक्त कुरा बताएका हुन् ।

साथै बैंकहरुले पछिल्लो समय सहुलियतपुर्ण कर्जा उपलब्ध गराउँदा सेवाग्राहीलाई झमेला दिने गरेको गुनासो आफु समक्ष आईरहेको जानकारी दिएका छन् । ‘चाहिने कागजात पुगेपनि बैंकबाट कर्जा पाउनु भएन भने मलाई ईमेल वा हट लाईनमा फोन गर्नुस,’ सहुलियतपूर्ण कर्जा सहजिकरण सम्बन्धी कार्यक्रममा उनले भने, ‘हामी यसमा जस्तोसुकै एक्सन लिन्छौं ।’

साथै कार्यक्रममा उनले सरकारले विभिन्न कोषहरु खडा गरेर बैंकको काम गर्न नहुने बताएका छन । बुधबार विभिन्न ४ बैंक र युवा परिषद्बीच सहुलियतपुर्ण कर्जा सम्बन्धी समझदारी कार्यक्रममा बोल्दै उनले विभिन्न कोषको उदाहरण दिँदै सरकारले बैंक बन्न खोजेको बताएका हुन ।

सरकारले विभिन्न कोषहरु खडा गरेर बैंकको जस्तै काम गर्न खोजे बैंकरप्ट हुनसक्ने सुझाव उनले दिएका हुन । कार्यक्रममा बोल्दै उनले भने, ‘सरकार बैंक बन्न खोज्ने होईन बरु बैंकलाई सहजिकरणको वातावरण सिर्जना गरिदिने हो जसको असर युवा उद्यमीमा परोस ।’

उनले हालका युवापुस्तालाई रोजगारीको सुनिश्चितता गर्नका लागि सरकारले विद्यालय स्तरमा सिपमुलक पाठ्यक्रम समेत राखेको बताए ।

यस्तै उनले नेपालमै उत्पादन भएका बस्तुको बजार खोजीका लागि सरकार लागिपरेको समेत बताएका छन । नेपालमा एकै व्यापार सबैले गर्ने भन्दा पनि छुट्टाछुट्टै व्यापारलाई प्रोत्साहन दिए बजारको पनि अभाव नहुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL