Logo

निजी क्षेत्रलाई अर्थमन्त्री खतिवडाको आश्वासन, बजेट लगानीको वातावरण निर्माण गर्ने गरी ल्याउनेछु

निजी क्षेत्रलाई अर्थमन्त्री खतिवडाको आश्वासन, बजेट लगानीको वातावरण निर्माण गर्ने गरी ल्याउनेछु



काठमाडौं । आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटमा लगानीको वातावरण निर्माणका लागि बजेट केन्द्रित हुने अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री खतिवडाले उक्त कुरा बताएका हुन । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोर, नेपाल चेम्वर अफ कमर्सका कार्यबहाक अध्यक्ष कमलेश कुमार अग्रवाल लगायत नेपाल राष्ट्रिय व्यापार संगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।

मन्त्री खतिवडाले वर्तमान सरकारले प्राथमिकताको सूचीमा राखेका कृषि, उर्जा, पर्यटन, पूर्वाधार विकासलगायतका अन्य क्षेत्रगत विषयहरुमा दृष्टिकोण स्पष्ट रहेको बताएका छन । निजी क्षेत्र नै अर्थतन्त्रको मुख्य आधार भएको भन्दै लगानीको वातावरण निर्माणका लागि आगामी बजेट केन्द्रित हुने, प्रक्रियागत झण्झटहरु हटाउने तर्फ समेत सरकार लागी परेको अर्थमन्त्री खतिवडाको भनाई रहेको छ ।

उनले संख्यात्मक भन्दा पनि गुणात्मक क्षमताको विकास गरी मुलुकको अर्थतन्त्रमा योगदान दिनेगरि निजी क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन ।

मन्त्री खतिवडाले एकद्धार सेवा स्वदेशी लगानीकर्ताहरुले पाउने स्पष्ट पार्दै लगानी बोर्ड मार्फतबाट कार्यान्वयन हुने एकद्धार प्रणालीको लागि आवश्यक ऐन कानुनहरु संशोधन र निर्माणकै क्रममा रहेको बताए । स्वदेशी उत्पादन बढाई आयात प्रतिस्थापन व्यापार घाटा न्युनिकरण गर्न सरकार गम्भिर भएको भन्दै यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य भएको समेत स्पष्ट पारेका छन ।

छलफलमा निजी क्षेत्रको तर्फबाट आगामी बजेटमा उच्च एवम् दिगो आर्थिक बृद्धि, उर्जा, पूर्वाधार विकास, पर्यटन, कृषि तथा वन क्षेत्रको व्यवसायीकरण लगायतका विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए । उनीहरुले बाझिएका ऐन कानुनमा सुधार, बैंकिङ, बीमा, कर तथा राजश्व दरका दायरामा थप स्पष्टता आवश्यक रहेको बताएका थिए ।

राजश्व परामर्श समितिले प्रतिवेदन बुझाउनु अघि निजी क्षेत्रका प्रतिनिधीहरुसँग मन्त्रालयले अन्तिम छलफल गरेको हो । निजी क्षेत्रका प्रतिनिधीहरुले संयुक्त रुपमा आफ्ना सुझावहरु लिखित रुपमै बुझाईसकेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL