Logo

मोबाइल र मोटरसाइकल आयातमा सरकारको थप कडाइ, ३ सय डलर र १५० सीसीभाथिका आयातमा बन्देज

मोबाइल र मोटरसाइकल आयातमा सरकारको थप कडाइ, ३ सय डलर र १५० सीसीभाथिका आयातमा बन्देज



काठमाडौं । सरकारले गत वैशाख १३ गतेदेखि लगाएको आयात प्रतिबन्धको अवधि भदौं १४ गतेसम्म पुर्याउँदै मोबाइल आयातमा थप कडाई गरेको छ । यससँगै अब ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट मोबाइल फोन आयात गर्न नपाइने भएको छ ।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौं १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो ।

यसअघि वैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदा ६ सय डलससम्मका स्मार्टफोन आयात गर्न पाइने थियो । अहिले यसलाई परिमार्जन गरेर ३ सय डलर बनाइएको हो ।

यस्तै सरकारले १ सय ५० सिसिभन्दा माथिका मोटरसाइकल आयतमा पनि प्रतिबन्ध लगाएको छ । यसअघि प्रतिवन्ध लाग्दै आएको मोटरसाइकलको हकमा १ सय ५० सिसि सम्मको भने आयातमा खुल्ला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL