Logo

वैदेशिक लगानी भित्र्याउँदै महासंघ, लगानी बोर्डसँग गर्यो सहकार्य

वैदेशिक लगानी भित्र्याउँदै महासंघ, लगानी बोर्डसँग गर्यो सहकार्य



काठमाण्डौ । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघवीच नेपालमा विदेशी लगानी आकर्षित गर्न समझदारी गर्ने भएको छ । महासंघ अन्तर्गतको अन्तरराष्ट्रिय लगानी प्रवर्द्धन समिति र बोर्डबीच आज लगानी बोर्ड कार्यालयमा उक्त छलफल भएको हो ।

laxmi

तेस्रो बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने सम्बन्धमा प्रतिबद्दता व्यक्त गरेका हुन् । ‘नेपालमा गुणस्तरीय लगानी भित्र्र्या नेपाल सरकारले लिएको समृद्ध नेपाल र सुखि नेपालीको आकांक्षालाई संयुक्त रुपमा पुरा गर्ने दायित्व नेपाल सरकार र निजी क्षेत्रको हो,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले भने, ‘यसका लागि लगानी बोर्ड कार्यालय निजी क्षेत्रसँग सहकार्य र समझदारी गर्न तयार छु ।’

साथै उनले लगानी बोर्ड नेपालमा लगानी आकर्षित गर्न आवश्यक नीतिगत सुधारका सम्बन्धमा निजीक्षेत्रसँग सहकार्य गरी सक्रिय रुपले अघि बढिरहेको जानकारी दिए । साथै लगानीको क्षेत्रलाई समेत विविधिकरण गर्नुपर्ने बताउँदै उनले लगानीका सम्भावनाका दक्षेत्रहरु धेरै रहेको र लगानीकर्तालाई समेत हामा विविध क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने जानकारी दिए । सोका लागि लगानी बोर्ड र निजी क्षेत्रले संयुक्त रुपमा काम गर्नुपर्ने उनको भनाई थियो ।

कुनै पनि परियोजनालाई अघि बढाउँदा सर्वप्रथम त्यस्ता परियोजनाको विभिन्न पक्षको बारेमा विस्तृत अध्ययन हुनुपर्नेमा भन्दै परियोजनको प्राविधिक, वातावरणीय तथा वित्तीय अवस्थाको गहिरो अध्ययन नभएमा कुनै पनि परियोजना अघि नबढ्ने उनको धारणा थियो ।

बैठकमा महासंघका अध्यक्ष गोल्छाले स्वदेशी तथा विदेशी निजी लगानीकर्तासँग छलफल तथा समन्वय गर्न महासंघ एउटा जिम्मेवार र सक्षम निकाय भएको बताए । साथै नेपालमा लगानी आकर्षित गर्न विदेशी लगानीकर्ताहरु समक्ष पुग्न लगानी बोर्ड र महासघले संयुक्त पहल गर्नुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL