Logo

तीन करोडको प्रदूषण नियन्त्रण मेसिनबाट उदयपुर सिमेन्ट उद्योग प्रदूषणमुक्त

तीन करोडको प्रदूषण नियन्त्रण मेसिनबाट उदयपुर सिमेन्ट उद्योग प्रदूषणमुक्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । त्रियुगा नगरपालिकाको जलजलेमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग प्रदूषण मुक्त भएको छ ।

उद्योग प्रशासनका अनुसार उद्योगमा पहिलो पटक भारतबाट करिब रु तीन करोडको लागतमा खरिद गरिएको प्रदूषण नियन्त्रण गर्ने मेसिन जडान गरिएको छ ।

अब सिमेन्ट उद्योग प्रदूषणमुक्त भएको हो । दुई हप्ताअघिदेखि उद्योग नै बन्द गरेर भारतीय इञ्जिनियर र उद्योगका प्राविधिक सहितका टोलीले प्रदूषण जडान गर्ने मेसिन जडान कार्य सम्पन्न गरेको उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहले जानकारी दिए ।

अब उद्योगबाट सिमेन्ट उत्पादन भएपछि विगतको जस्तो सिमेन्ट उत्पादन गर्दा निस्कने प्रदूषण कार्य ९९।५ प्रतिशत नियन्त्रण हुने उनको दाबी छ । शुक्रबारदेखि उद्योग पुनः सञ्चालन हुने उद्योग प्रशासनले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL