Logo

भारतले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा नेपालमा यथावत

भारतले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा नेपालमा यथावत



काठमाडौं । नेपाल आयल निगमलाई भारतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर पठाउँदा पनि नपालले भने मूल्य यथावत राखेको छ । निगमले नेपालमा आर्थिक वृद्धिदरलाई हेर्दै अर्काे मूल्य प्राप्त नहुँदासम्मका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको हो ।

निगमले यसभन्दा अघीको १ अर्ब ६ करोड रुपैयाँ नोक्सान पुर्ती नगरेको बेला नयाँ मूल्य आउँदा पनि मूल्य यथावत राखेको छ ।

साथै निगमले दशैं, तिहार, छठ तथा अन्य चाडपर्वका कारणल स्वचालीत मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थका मूल्य समायोजन नगर्दा २ अर्ब ३७ करोड रुपैयाँ नोक्सान बेहोरीरहेको छ ।

हाल भारतले पेट्रोलमा पतिलिटर ०.६१ पैसा र डिजेलमा प्रतिलिटर ०.४५ रुपैयाँ बढेको पत्र निगमलाई पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL