Logo

ऊर्जा क्षेत्रमा वैदेशिक लगानी शुन्य, एक बर्षमा वैदेशिक लगानी ५० प्रतिशतले घट्यो

ऊर्जा क्षेत्रमा वैदेशिक लगानी शुन्य, एक बर्षमा वैदेशिक लगानी ५० प्रतिशतले घट्यो



काठमाडौं । आर्थिक बर्ष २०७५/७६ मा उर्जा क्षेत्रमा वैदेशिक लगानी शुन्यमा झरेको छ । अघिल्लो आर्थिक बर्ष २०७४/७५ मा ३६ अर्ब २४ करोड रुपैयाँ बराबरको विदशी लगानीको प्रतिवद्धता आएपनि गत आर्थिक बर्षमा भने विद्युतक्षेत्रमा वैदेशिक लगानी शुन्य नै छ ।

उद्योग विभागले हालै उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवमा उर्जा क्षेत्रमा लगानी नआउँदा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता समेत ५० प्रतिशतले घटेको छ । सरकारले लगानी आकर्षण गर्न विभिन्न तौर तरिकालगायत लगानी सम्मेलन गरेपनि वैदेशिक लगानी भने गत आर्थिक बर्षमा घटेको छ ।

गत आर्थिक बर्षमा उर्जा क्षेत्रमा वैदेशिक लगानी घटेसँगै अन्य क्षेत्रमा पनि लगानी घटेको तथ्याङ्कले देखाएको छ । सरकारले लगानी भित्र्याउन तथा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याएपनि सोही अनुसार वैदेशिक नीति अनुसार लगानी भित्र्याउने प्रतिश्पर्धाको क्षमता नपुग्दा उर्जा क्षेत्रमा लगानी नआएको स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका उपाध्यक्ष कुमार पाण्डेले जानकारी दिए ।

उनका अनुसार उर्जामा लगानी गर्नका लागि विदेशी लगानीकर्ताका लागि नेपाल मात्रै केन्द्रविन्दु नभएकाले अन्य देशहरुले उनीहरुलाई आकर्षित गर्नका लागि हामीले गरेभन्दा राम्रो सुविधा दिएपछि नेपालमा लगानी गर्ने उर्जा क्षेत्रका लगानीकर्ता डाईभर्ट भएका हुन । ‘सरकारले लगानी आकर्षित गर्नका लागि विभिन्न नीति त ल्यायो तर सोही अनुसार कार्यान्वयन हुन सकेको देखिँदैन,’ उनले भने, ‘एकल विन्दु सेवाकेन्द्र संचालनमा ल्याएको भनिएको छ तर त्यसको कार्यान्वयन पक्ष र व्यवस्थाको बारेमा हालसम्म पनि हामीलगायत थुप्रै लगानीकर्तालाई जानकारी छैन ।’

उर्जा क्षेत्रमा लगानी भरपुर मात्रामा भित्र्याउनका लागि सरकारले नीति तथा कार्यक्रम मात्रै ल्याएर नभई विश्वका अन्य देशहरुसँग पनि प्रतिस्पर्धात्मक रुपमा अघि बढ्न सक्नेगरी काम गर्नुपर्ने उनको धारणा छ । सरकारले १ सय मेगावाट भन्दा साना आयोजनालार्य हेजिङ सुविधा नदिने, विदेशी लगानी भित्र्यायपछि लाभ फिर्ताको सहजता लगायतका विषयमा ध्यान दिन नसकेकोले गर्दा पनि उर्जा क्षेत्रमा वैदेशिक लगानी ल्याउन नसिकीएको उनको अनुमान छ ।

यस्तै गत आर्थिक बर्ष प्रत्यक्ष वैदेशिक लगानीमा २३ अर्ब ९४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ५० प्रतिशत भन्दा बढि हो । अघिल्लो आर्थि बर्षमा प्रत्येक्ष बैदेशिक लगानी ५५ अर्ब ७६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । यस्तै गत आर्थिक बर्षमा २ खर्ब ८२ अर्ब बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको जसमा उर्जा क्षेत्रका लागि मात्रै २ अर्ब १० अर्बको प्रतिवद्धता आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL