Logo

चेम्बरले अनलाईनबाटै उत्पतिको प्रमाणपत्र दिने, बढ्ला त निकासी व्यापार !

चेम्बरले अनलाईनबाटै उत्पतिको प्रमाणपत्र दिने, बढ्ला त निकासी व्यापार !



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन पद्दतिबाट जारी हुने व्यवस्था गरेको छ । चेम्बरले शुक्रबार एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले अनलाईन प्रणालीको शुभारम्भ गरेका हुन ।

laxmi

उक्त कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले उक्त प्रणाली भाद्र १ गतेदेखि पूर्ण रुपमा लागू हुने, निकासीको महत्वपूर्ण दस्ताबेज भएकोले कति मूल्यमा कुन अवधिमा निकासी भयो आदी जस्ता विषयको अनुगमन गर्न सजिलो हुने जानकारी दिएका छन । नेपाल राष्ट्र बैंक, भन्सार विभाग, वाणिज्य बैंक सबै निकासीको क्षेत्रमा डिजिटल युुगमा प्रवेश गरिसकेको सन्र्दभ र युन ईस्क्याप र विश्व व्यापार संगठनले समेत पेपर लेस व्यापारमा आउन अभिप्रेरित गरेको सन्र्दभमा उक्त व्यवस्थाले ठूलो महत्व राख्ने उनको भनाई थियो ।

कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले अवलम्बन गरेको डिजिटल इकोनोमि डिजिटल नेपालको अवधारणा अनुरुप नै विदेशी व्यापार जस्तो अत्यन्तै गतिशील क्षेत्रमा अनलाईन सर्टिफिकेट अफ ओरिजिनको सफ्ट लञ्च हुनु समय सान्र्दभिक रहेको बताए । उनले मुलुकको निकासी अभिवृद्धि गर्न र व्यापार घाटा घटाउन कागजातकोे संख्या बढी भयो भन्ने सन्दर्भमा यो अत्यन्तै सकारात्मक भएको बताउँदै यसबाट लागत घट्ने र समयको बचत भई प्रभावकारितामा वृद्धि हुने जानकारी दिएका छन ।

चेम्बरले आउदा दिनमा यस्तै निकासीकर्ता सरोकारवालाहरु यसको उपयोग र उपयोगीताबारे तालिमको आयोजना गरी बढी भन्दा बढी निर्यातकर्तालाई छिटोभन्दा छिटो यस प्रणालीमा आबद्ध गर्ने योजना रहेको उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL