Logo

एकल विन्दु सेवाकेन्द्रका २ महिना : १२८ उद्योगमा १ खर्बको लगानी प्रतिवद्धता

एकल विन्दु सेवाकेन्द्रका २ महिना : १२८ उद्योगमा १ खर्बको लगानी प्रतिवद्धता



काठमाडौं । सरकारले २ महिना अघिमात्रै संचालनमा ल्याएको एकल विन्दु सेवा केन्द्रमार्फत १ खर्ब बढिको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार गत जेठ १ गतेदेखि मात्रै संचालनमा आएको उक्त केन्द्रबाट २ महिनामा १ खर्ब २ अर्ब बढिको लगानी प्रतिवद्धता आएको हो ।

laxmi

उक्त केन्द्रबाट २ महिनामा ८९ अर्ब ९९ करोड बराबरको स्वदेशी लगानी प्रतिवद्धता आउँदा १२ अर्ब ३७ करोड बराबरको प्रत्यक्ष बैदेशिक लगानी भित्रिएको विभागले जानकारी दिएको छ ।

उक्त केन्द्रबाट २ महिनामा १ सय २८ वटा उद्योग दर्ता भएका छन् । जसमा स्वदेशी ५९ वटा र ६९ वटा विदेशी उद्योग दर्ता भएर लगानी प्रतिवद्धता जाहेर गरेका हुन् ।

विभागको तथ्याङ्क अनुसार उक्त केन्द्रबाट वैदेशिक लगानी पर्यटन र सेवा क्षेत्रमा उल्लेख्य रुपमा प्रतिवद्धता आएको छ । तर स्वदेशी लगानीको प्रतिवद्धता भने उर्जा क्षेत्र, उत्पादनमुलक क्षेत्र र पर्यटन क्षेत्रमा बढि छ ।

पछिल्लो २ महिनामा उक्त केन्द्रबाट उर्जा क्षेत्रमा मात्रै ८२ अर्ब ९७ करोड बराबरको स्वदेशी लगानी प्रतिवद्धता आउँदा उत्पादनमुलक क्षेत्रमा भने ३ अर्बको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । यस्तै पर्यटन क्षेत्रमा भने २ अर्ब ३२ करोडको स्वदेशी लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ ।

वैदेशिक लगानीको प्रतिवद्धता मध्ये एकल विन्दु सेवाकेन्द्र बाट पर्यटन क्षेत्रमा २ महिनामा ६ अर्ब ४२ करोड बराबरका उद्योगमा प्रतिवद्धता आएको छ । यस्तै ४ अर्ब ५४ करोड बराबरको सेवा क्षेत्रका समेत लगानी प्रतिवद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL