Logo

मध्य तमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा, डेढ महिनामा १६० मिटर सुरुङ मार्ग निर्माण

मध्य तमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा, डेढ महिनामा १६० मिटर सुरुङ मार्ग निर्माण



काठमाडौं । ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागिएको ७३ मेगावाट क्षमताको मध्ये तमोर जलवद्यिुत् आयोजनाको निर्माणकार्यले गति लिएको छ ।

आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीना अघिबाट निर्माण थालिएको हो । निर्माण सुरु भएको डेढ महिनामा नै उक्त उक्त आयोजनाको २ सय ७७ मिटर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १ सय ६० मिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको छ ।

यस्तै आयोजनाको हेडवर्कसका लागि समेत आवश्यक संरचना निर्माणकार्य अघि बढेको छ । यी संरचना फुङ्लीङ नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा निर्माण भईरहेको छ । चिनियाँ निर्माण ब्यवसायी कम्पनी झीझोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गरिरहेको छ ।

आयोजना निर्माणको गतिलाई हेर्दा निर्धारित समयमानै सकिनेमा विस्वस्त रहेको आयोजना प्रमुख डा. मणिराज पोख्रेलको भनाई हेको छ । नेपाली इन्जिनियरले डिजाईन गरेको र नीजि क्षेत्रले बनाउन लागेको ठूला आयोजना मध्य सो आयोजना समेत पर्ने पोख्रेलले बताए ।

कुल १२ अर्ब रुपैयाँको लागतमा निर्माण हुने सो आयोजनामा २५ प्रतिशत स्व लगानी र ७५ प्रतशित लगानी भने ७ ओटा बैंकको रहने आयोजनाले जानकारी दिएको छ । आयोजनाको मुख्य संरचना मिक्वाखोला गाउँपालिका २ खोक्लिङ र फक्ताङलुङ गाउँपालिका १ सावानदिमा रहने आयोजनाले जानकारी दिएको छ ।

यस्तै फुङलीङ नगरपालिकाको फुरुम्बुस्थति मित्लुङमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी तमोर नदीको पानीलाई ३ हजार ३ सय ३७ मिटरको सुरुङमार्फत खोक्लिङको थुम्बाबेँसीमा पुर्याइने छ ।

यस आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण हुने सवस्टेशनमा पुर्याई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिएका छन ।

सुरुमा ५४ मेगावाट विद्युत उत्पादन गर्ने गरी प्रक्रिया अघि बढे पनि पछि १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागि प्रकृया अघि बढाउँदै गर्दा निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखएिपछि हेडवर्क्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको थियो /रासस

प्रतिक्रिया दिनुहोस्
MBL