Logo

शुक्रबार देखी पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाई ईन्धन र एलपि ग्याँसको मूल्य यथावत

शुक्रबार देखी पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाई ईन्धन र एलपि ग्याँसको मूल्य यथावत



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राती १२ बजेदेखी लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ घटाएको छ भने डिजेल र मट्टितेलमा १ रुपैया घटाएको छ ।

निगमले मूल्य घटाएसँगै पेट्रोलको खुद्रा मूल्य १०९ रुपैयाँ ५० पैसा प्रति लिटर तथा डिजेल र मट्टितेलको भने ९७ रुपैयाँ लिटर कायम गरेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।

निगमले हवाई ईन्धन र एलपि ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।

यो समायोजन पछि भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा १५ रुपैयाँ ६७ पैसा र डिजेलमा १६ रुपैयाँ ६४ पैसा प्रति लिटरले नेपाल तर्फ नै सस्तो कायम हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL