Logo

सिजी र स्काई पावरबीच सम्झौता, ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने

सिजी र स्काई पावरबीच सम्झौता, ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने



काठमाडौं । नेपालको चौधरी ग्रुप (सीजी) र अमेरिकी कम्पनी स्काई पावरबीच ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने सम्झौता भएको छ ।

सो कम्पनीले सोलार प्लाण्टको लागि १ खर्ब १० अर्ब रुपैयाँ लगानीमा सौर्य उर्जा उत्पादनको लागि लगानी गर्ने भएको हो ।

काठमाडौंमा शनिबार जारी लगानी सम्मेलनमा दुबै कम्पनीबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सिजी लाइफ सेल र टर्की लाइफ सेलबीच नेपालमा दुरसञ्चार सेवा सञ्चालनका लागि पनि सम्झौता भएको छ ।

यस्तै सीजीले मल्टिमोडल लजिस्टिक पार्क निर्माणका लागि इमिरेट्स लजिस्टिकसँग पनि सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL