Logo

लगानी सम्मेलनको उपलब्धी : १५ आयोजनामा सम्झौता, १७ मा आवेदन

लगानी सम्मेलनको उपलब्धी : १५ आयोजनामा सम्झौता, १७ मा आवेदन



काठमाडौं । २ दिनसम्म चलेको लगानी सम्मेलनमा १५ ओटा आयोजनामा लगानीको सम्झौता हुनुका साथै १७ आयोजनाका लागि आवेदन आएका छन । सम्मेलनमा उर्जा, टेलिकम, तथा रिसोर्ट लगायतका १५ आयोजना बनाउन लगानी जुटेको र अन्य १७ ओटा परियोजनामा लगानी गर्नका लागि आवेदन आएको लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिएका हुन ।

सम्मेलनमा चौधरी ग्रुपले मात्रै नेपालमै ४ ओटा परियोजना बनाउने उद्देष्यले विभिन्न बहुराष्ट्रिय कम्पनीसँग लगानी सम्झौता गरेको छ । चौधरी समुहले प्रदेश नं २ मा २ सय मेगावाट क्षमताको सोलार प्लान्ट, जलविद्युत, सिजी लाईफसेल टेलिकम कम्पनी तथा सार्क ग्रुप अफ मल्टी पर्पाेज सेन्टरमा लगानी गर्ने भएको छ ।

यस्तै सम्मेलनमा अरुण तेस्रोका लागि पनि लगानी जुटेको छ । भारतको जोईन्टभेन्चर कम्पनी एसजेभिएन, नविल बैंक, एभरेष्ट बैंक तथा एसविआई बैंकबीच उक्त परियोजना लगानी गर्ने गरी लगानी सम्झौता भएको हो । यस्तै सिमरा सेज पनि नेपाल लगानी बोर्ड र आईएफसीले लगानी गर्दै निर्माण गर्ने भएका छन ।

१ सय ६४ मेगावाटको कालिगण्डकी जलविद्युत आयोजनाको लागि युनान सिन्ह्वा वाटर कम्पनीबीच लगानी सम्बन्धी समझदारी भएको छ । १ सय ६४ मेगावाटको परियोजनाका लागि भएको समझदारीमा चिनियाँ कम्पनीका प्रतिनिधि र हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधानबीच हस्ताक्षर भएको हो ।

यस्तै १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्नेगरी पनि लगानी सम्झौता भएको छ । गैरआवाशिय नेपाली संघले नेपालमा उक्त लगानीकोषको स्थापना गर्ने भएको हो । यस्तै बनेपामा ग्रिन वेयर हाउस निर्माण गर्नका लागि पनि लगानी सम्झौता भएको छ ।

२ दिनसम्म चलेको उक्त सम्मेलनमा ७ सय ३५ जना विदेशी प्रतिनिधि, ६ सय जना स्वदेशी प्रतिनिधि सहभागी भएका थिए । जसमा ३ सय ओटा विदेशी कम्पनी तथा १ सय स्वदेसी कम्पनीको प्रतिनिधित्व गर्दै सम्मेलनमा प्रतिनिधि सहभागी भएका हुन । सम्मेलनमा ४ ओटचा प्लेनरी सेसन तथा ६ ओटा समानान्तर सेसन गरिएका थिए । जसमा ३६ ओटा द्धिपक्षिय बैठक भएका थिए ।

यी हुन लगानी सम्मेलनमा सम्झौता भएका १५ परियोजना
१ चौधरी समूह र सर्राफ समूह मल्टिपर्पोज सेन्टर
२ चौधरी समुहर टर्कसेलबीच ५ जी मोबाईल सेवा प्रदान गर्ने सम्बन्धी
४ सोलार प्लान्ट निर्माण सिजी र प्रदेश नम्बर २
५ अरूण तेस्रोमा नेपाली बैंक र भारतीय एसजेभिएनको लगानी सम्झौता
६ माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कोरियाली कम्पनी
७ कालिगण्डकी गर्ज आयोजनामा लगानी
८ सिमरा सेज
९ हिमालय बुटिक रिसोर्ट बनेपा
१० गैरआवासीय नेपालीको लगानी कोष
११ ग्रिनवायर हाउस निर्माण निम्बस
१२ म्यानमारका कन्ट्राक्टर र नेपालको निर्माण व्यवसायी महासंघ
१३ आइबिएन इन्भेष्टमेन्ट बोर्ड साउथ अफ्रिकाबीच सहकार्य
१४ मुथुट फाइनान्स र युनाइटेड फाइनान्स
१५ एपी पावरका जलविद्युत, सौर्य र वायु ऊर्जा


प्रतिक्रिया दिनुहोस्
MBL