Logo

नेपालमा लगानी गर्दा लगानीफिर्ताको चिन्ता छैनः लगानीकर्ताहरुको अनुभव विस्तृतमा

नेपालमा लगानी गर्दा लगानीफिर्ताको चिन्ता छैनः लगानीकर्ताहरुको अनुभव विस्तृतमा



काठमाडौं । नेपालमा लगानी भित्र्याउन गरिएको लगानी सम्मेलनको दोस्रो दिन विभिन्न बहुराष्ट्रिय कम्पनीका अध्यक्षहरुले नेपालमा लगानी गरे लगानीफिर्ताको चिन्ता नुहने जानकारी दिएका छन । सम्मेलनको दोस्रो दिनको प्लेनरी सेसन अन्तर्गतको ‘नेपालमा लगानीको अनुभव’ विषमा बोल्दै विभिन्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले उक्त जानकारी दिएका हुन ।

आफ्नो आफ्नो अनभव सुनाउने क्रममा नेपाल पुर्वाधार विकास बैंकका अध्यक्ष अनुज अग्रवाल, नेपाल उद्योग परिषंघका अध्यक्ष हरिभक्त शर्मा, एसजेभिएन का अध्यक्ष नन्दलाल शर्मा, स्ट्यान्डर्ड चार्टड बैंकका अध्यक्ष निरुक्त सप्रु, युनिलिभर नेपालका प्रबन्ध निर्देशक आशिष राई, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यष भवानी राणा, एशियाली विकास बैंकका अध्यक्ष सिछिन सेन तथा गैर आवाशिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आफ्नो अनुभव सुनाएका थिए ।

जसमा उक्त सेसनका मोडरेटर रहेका पूर्वाधार विकास बैंकका अध्यक्ष अनुज अग्रवालले नेपालमा लगानी गर्दा केहि बर्षमै लगानी भन्दा धेरै लाभ उठाउन सकिने जानकारी दिएका छन । उनले २ जिबनबीमा कम्पनीको उदाहरण दिँदै उनीहरुले २० लाख अमेरिकी डलर लगानी गरेर हाल २ सय र ४ सय मिलियन डलर कमाईरहेको बताए । उनले नेपालको कुनै पनि क्षेत्रमा लगानी गर्दा लगानीफिर्ता हुने सम्भावना अत्याधिक रहेको जानकारी दिएका छन । यस्तै उक्त सेसनमा अन्य लगानीकर्ताहरुले सेयर गरेका केही विचारहरु यसप्रकार छन ।

भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नेपालको पर्यटन क्षेत्रमा लगानीका प्रशस्तै अवसरहरु छन । हाल लगानीकर्ताको पक्षमा धेरैभन्दा धेरै नीतिनियम तथा कानुनहरु परिवर्तन भएका छन । लगानी बोर्डले पनि एकलविन्दु सेवा सुचारु गर्ने भएको छ । नेपालमा हाल रहेका एफडिआईहरुले परिवर्तनका बावजुद रामा्रे फाईदा लिईरहेका छन । अहिलेका लगानीको वातावरण पनि सम्भाव्य नै छ । हामीसँग सबैप्रकारका कृषि उत्पादन गर्न सकिने खालको हावापानी छ । हामी भारत र चीनका विचमा छौं, भारतले विभिन्न वस्तुमा डिउटी फ्रिको सुविधा दिएको छ यस्तै चीनले पनि करिव ८ हजार ८ सय वस्तुमा डिउटी फ्रि सुविधा दिईरहेको छ । त्यसैले नेपालमा लगानी गर्नका लागि यो उचित समय हो ।

हरिभक्त शर्मा, अध्यक्ष, नेपाल उद्योग परिषंघ
नेपाल निर्यातमुखी देश हो । नेपालमा कम लगानी गरेर धेरै नाफा लैजान सकिन्छ । अब ठुला बहुराष्ट्रिय कम्पनी नेपालमा आउनेवाला छन । त्यसैले अव स्वदेशी लगानीकर्ताले भने चनाखो हुनेबेला आएको छ । नेपालमा जोईन्टभेन्चरका रुपमा आएका एक कम्पनीबाहेक सबै कम्पनीहरुले राम्रै फाईदा लिएर गएका छन । आफुले गरेको लगानीमा राम्रोसँग काम गर्न सकियो भने सोचेभन्दा बढी लाभ लिन सकिन्छ । हामी विदेशी लगानीकर्तालाई स्वागत गर्न तयार छौं तपाई नेपालमा आएर जुनसुकै क्षेत्रमा पनि लगानी गर्न सक्नुहुन्छ । नेपालमा पछिल्लो २५ बर्षमा बढी भन्दा बढी स्वास्थ्य क्षेत्रका जनशक्ती उत्पादन भएका छन जसले विश्वका हरेक क्षेत्रमा सेवा दिईरहेका छन । नेपालमा स्वास्थ्य क्षेत्रमा राम्रो लगानी गर्न सकिए नेपालको जनशक्ती नेपालमै उपयोग गर्न सकिन्छ ।

उपेन्द्र महतो, गैर आवाशिय नेपाली संघ, संस्थापक अध्यक्ष
अन्य देशमा धेरै ठुला कम्पनीबीच प्रतिश्पर्धा हुन्छ तर नेपालमा प्रतिश्पर्धी कम्पनीहरु त्यती धेरै छैनन । लगानीको ३ देखि ४ बर्षमा लगानी फिर्ताका साथै सोही अनुसार लाभ पनि लिन सकिन्छ । नेपालमा लगानी गरे लाभ फिर्ताका लागि भने कुनै प्रकारको समस्या झेल्नुपर्दैन । मैले धेरै देशमा लगानी गरेँ तर नेपालजस्तो लगानी सूरक्षित तथा भरपर्दाे देश कतै भेटिँन । नेपालमा लगानी गर्नका लागि हालको सरकार तत्पर रहेकाले सोही अनुसार नेपालमा लगानी ल्याउनुहोस ।

निरुक्त सप्रु, स्ट्यान्डर्ड चार्टड बैंक, एशियन तथा दक्षिण एशिया प्रमुख
नेपालमा विदेशी लगानीकर्ता भएपनि माया तथा ब्यवहार भने स्वदेशी लगानीकर्ताकै सरह पाईन्छ । म नेपालमा लगानी गरेर सन्तुष्ट छु । लगानी सम्मेलनमा नेपालमा लगानीको वातावरण सिर्जना गर्न ठुलो सहयोग पुग्नेछ । नेपाल हाल डिजिटाईजमा गईरहेको छ । जसले विकासको सम्भावना देखाउँदैछ । नेपालमा हामिले ३३ बर्षदेखि सेवा दिई आईरहेका छौं हाम्रो नाफा फिर्तामा कहिल्यै चुनौति आएको छैन ।

आशिष राई, प्रबन्ध निर्देशक नेपाल, युनिलिभर
नेपाल समस्यामा थियो हामी समस्यामा थियौँ । तर अब नेपालमा स्थाई सरकार आएको छ । यसले नेपालमा लगानीको माहोल बढाएको छ ।

नन्दलाल शर्मा, प्रबन्ध निर्देशक एसजेभिएन कम्पनी
हाल सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । जसबाट नेपालको प्रतिव्यक्ती आय ५ गुणाले बढ्नेछ । हाल भारत लगायतका देशमा सामान जलविद्युतका सामान ढुवानी गर्न सहज भएपनि नेपालमा भने असहज छ जसलाई नेपाल सरकारले सहजता प्रदान पनि गर्ने गरको पाईन्छ । नेपालको जलविद्युतको बजार हिस्सा बढिरहेकाले यसमा लगानीको सम्भावना उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL