Logo

कपडा उद्योगीका समस्या समाधान गर्न नयाँ कार्यदल गठन गरिँदै, उद्योगीले भेटे अर्थमन्त्री

कपडा उद्योगीका समस्या समाधान गर्न नयाँ कार्यदल गठन गरिँदै, उद्योगीले भेटे अर्थमन्त्री



काठमाडौं । कपडा उद्योगीका माग सम्बोधन तथा समस्या समाधान गर्न सरकारले नयाँ कार्यदल गठन गर्ने भएको छ । बिहीबार कपडा उद्योगीसँगको भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कपडा उद्योगीको समस्या समाधान हुनेगरी नयाँ कार्यदल गठन गर्ने बताएका हुन ।

नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानको संयोजकत्वमा अर्थमन्त्रीलाई भेटघाट गर्न गएको टोलीले अर्थमन्त्रीसँग कुनै अनुसन्धानै नगरीकन भ्याट फिर्ताको नियममाथी कैँची चलाएका बारे असन्तुष्टी ब्यक्त गरेका थिए । कपडा उद्योग संघका अध्यक्ष प्रधानका अनुसार अर्थमन्त्रीले भेटघाटमा भ्याटफिर्ताको कुरा सुन्न नचाहेको बताए । तर उक्त समस्या समाधानका लागि नयाँ कार्यदल गठन गर्र्दै उद्योगीका समस्या समाधानको बाटो खोजिने आश्वासन दिएको उनको भनाई थियो ।

कपडा उद्योगीले अर्थमन्त्रीसमक्ष सरकारको यस्तो कदमले समग्र नेपाली उद्योगमा नै ठुलो नकारात्मक असर परेको र उद्योग चलाउननै समस्या भएको जानकारी गराएका हुन । ‘अर्थ मन्त्री खतिवडाले उद्योगीलाई भ्याट फिर्ताको विषयमा भने कुरै गर्न चाहानु भएन,’ प्रधानले भने, ‘तर सोही अनुसारको कुनै निश्चित विषयमा छुट दिने या अनुदान दिने कुरामा भने सहमति दिने संकेत दिनु भएको छ ।’ भेटघाट गर्न गएका उद्योगीलाई सम्झाउँदै अर्थमन्त्री अतिवडाले नयाँ कमिटी गठन गर्दै समस्याको समाधान गर्ने आश्वासन दिएका हुन ।

सरकारले चालु आर्थिक बर्षको बजेटमा कपडा उद्योगलाई लामो समयदेखि दिँदै आएको भ्याटफिर्ताको नियम हटाएको हो । सो नियम हटाएपछि उद्योगीले आफ्नो उद्योग चल्नै नसक्ने अवस्था आएको भन्दै २ महिनाअघि कपडा उद्योगनै बन्द गरेका थिए । कपडा उद्योगीले उद्योग नै बन्द गरेपछी सरकारले केही कुरामा छुटको सुविधा ल्याएको र सो सुविधा अपुग हुने भन्दै विहिबार उद्योगीहरुले अर्थमन्त्रीसँग सो कुरा राखेका हुन

प्रतिक्रिया दिनुहोस्
MBL