Logo

बंगलादेशले नेपालबाट ५ सय मेवा विद्युत किन्ने, २ देशबीच पिटिएमा हस्ताक्षर

बंगलादेशले नेपालबाट ५ सय मेवा विद्युत किन्ने, २ देशबीच पिटिएमा हस्ताक्षर



काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने र नेपालको विद्युत खरिद गर्ने उद्देष्यले नेपाल र बंगलादेशबीच विद्युत खरिद सम्झौता(पिटिए) भएको छ ।

उक्त सम्झौतापत्रमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुन र बंगलादेशका विद्युत, उर्जा, तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका छन ।

बंगलादेशले नेपालबाट ५ सय मेगावाट विद्युत आयात गर्ने गरि उक्त सम्झौता भएको हो । सम्झौतापश्चात उर्जा क्षेत्रमा बंगलादेशले पनि लगानी गरेर निजी कम्पनीलाई प्रोत्साहन गर्ने भएको छ ।

बंगलादेशले नेपालबाट लगभग ५ हजार मेगावाट विद्युत आयात गर्ने योजना बनाएको उर्जा मन्त्रालय अन्तरगत एक स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्
MBL