Logo

माथिल्लो तामाकोशीको सेयर आवेदन म्याद थपियो, एक हप्ता अझै आवेदन दिन सकिने

माथिल्लो तामाकोशीको सेयर आवेदन म्याद थपियो, एक हप्ता अझै आवेदन दिन सकिने



काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर आवेदन समय थप हुने भएको छ ।

यही साउन १६ गतेदेखि खुल्ला भएको सेयर आवेदन काठमाडौमा १० दिन मात्रै खुलाएको आयोजनाले आवेदकको माग बमोजिम ५ देखि ७ दिनको समय थप गर्न लागेको हो ।

दोलखा देखि काठमाडौं आई बसोबास गर्ने दोलखाली जनतालाई काठमाडौंमा सेयर आवेदन दिने समयको हद बन्दी कम भए पछि समय थप गर्न लागेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिएका हुन । तर दोलखाको हकमा भने समय थप नहुने उनले बताए ।

आयोजनाले यस अघि काठमाडौंमा आवेदन दिने समय साउन १६ गते देखि २५ गते सम्मको समय दिएको थियो । उक्त समयमा आवेदन दिनेको संख्या झण्डै ५० हजार पुगेको र सो आवेदन मार्फत हाल सम्म १ अर्ब ५ करोड रुपैयाँ संकलन भएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

‘धितोपत्र बोर्डबाट ग्रिन सिग्नल पाईसकेका छौं भोली सम्ममा समय थप गर्ने छौं’, उनले भने । दोलखाबाट १० देखि १५ प्रतिशत मात्रै सेयर आवेदन परेको र अधिकांश दोलखाबासी काठमाडौंमा बसोबास गर्ने भएकाले समय थप गर्न लागेको श्रेष्ठले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL