Logo

बुटवल पावर र चिनियाँ कम्पनीले किने हिमताल र मस्र्याङ्दी हाइड्रो, ८८२ मेवा विजुली उत्पादन

बुटवल पावर र चिनियाँ कम्पनीले किने हिमताल र मस्र्याङ्दी हाइड्रो, ८८२ मेवा विजुली उत्पादन



काठमाडौं । बुटवल पावर कम्पनीले ६ सय मेगावाटको अपर मस्र्याङ्दी–२ आयोजनाको आयोजना निर्माण कम्पनी हिमताल हाइड्रोपावर खरिद गरेको छ । बुटवल पावर र चिनियाँ कम्पनीले ६ सय मेवाको आयोजना निर्माता कम्पनील हिमताको सम्पूर्ण सेयर खरिद गरेको कम्पनीले जानकारी दिएको छ ।

बुटवल पावरसँगै एससीआइजी इन्टरनेसनल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी, मिलेर भारतीय कम्पनी जीएमआर इनर्जीको स्वामित्वमा रहेको हिमतात हाइड्रोपावर कम्पनी खरिद गरेका हुन् । ३ वटा चिनियाँ कम्पनी सिचुवान इन्भेष्टमेन्ट ग्रूप, छेङ्दु सिङ्चेन्ड इन्भेष्टमेन्ट ग्रूप र क्विङवान इन्जिनियरिङ कन्सल्टेन्सीसँग मिलेर बुटवल पावरले एससीआइजी इन्टरनेसनल स्थापना गरेको हो ।

यससँगै वैशाख २१ गते हिमतालको सबै सेयर खरिद गर्ने सम्झौता भएको बुटवल पावरले नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई जानकारी दिएको छ ।
नयाँ आयोजना निर्माण कम्पनीमा बुटवलको १९ दशमवलब ४५ सेयर स्वामित्व रहनेछ भने बाँकी स्वामित्व ३ चिनियाँ कम्पनीको हुनेछ ।

यस्तै बुटवल पावरले मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको पनि सम्पूर्ण सेयर स्वामित्व खरिद गरेको छ । मस्र्याङ्दी नदीमै बन्न लागेको अर्को २ सय ८२ मेगावाटको मस्र्याङदी जलविद्युत आयोजनाको सेयर स्वामित्व खरिद गरेको हो । उक्त कम्पनीलमा पनि चिनियाँ साझेरदार नै रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यससँगै बुटवल र चिनियाँ कम्पनी मिलेर कुल ८ सय ८२ मेवा जलविद्युत आयोजना निर्माण गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
MBL