Logo

सामसुङदेखि एलजीसम्म : गहिरिदैछ पारिवारिक विरासत बोकेका कम्पनीहरूमा संकट

सामसुङदेखि एलजीसम्म : गहिरिदैछ पारिवारिक विरासत बोकेका कम्पनीहरूमा संकट



काठमाडौं । दक्षिण कोरियामा दशकौंदेखि ठूला घरानाद्धारा सञ्चालित कम्पनी समूहहरूले पाएको विशेषाअधिकार समाप्ति हुनसक्ने बताइएको छ । सामसुङका उत्तराधिकारी र पूर्व सीईओ ली जे–योङलाई कोरियाका तत्कालीन राष्ट्रपतिलाई धोखाधडी, हिनामिना र घूस दिएको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो । तर, उनको सजाय पूरा नहुँदै अगस्ट २०२२ मा जेलबाट रिहा गरियो । जसका लागि राष्ट्रपतिबाट विशेष माफी दिइएको थियो ।

लीलाई सन २०१७ मा तत्कालीन राष्ट्रपति पार्क ग्युन–हेकी साथीकी छोरीका लागि ८ लाख डलर घोडा किन्नको लागि कम्पनीको कोषको हिनामिनासहित अन्य अपराधहरूको लागि जेल सजाय सुनाइएको थियो । कोरियाको सबैभन्दा प्रतिष्ठित कम्पनीलाई आफ्नो सञ्चालन विस्तार गर्न आवश्यक रहेको दाबी गर्दै सरकारले उनलाई माफी दिने निर्णयलाई जायज ठहरायो । जेलबाट छुटेको केही समयपछि लीलाई कम्पनीको जिम्मेवारी दिइएको थियो ।

यी पारिवारिक सञ्चालित कम्पनीहरू, जस्तै सामसुङ, हुन्डाई र एलजी समूहले सन १९६१ र १९९७ बीच कोरियाको बढ्दो अर्थतन्त्रमा योगदान पुर्याएका छन् र कोरियाको घरेलु अर्थतन्त्रमा लामो समयदेखि प्रभुत्व जमाउँदै आएका छन् । तर, त्यस्ता समूहहरुप्रति जनताको दृष्टिकोण स्पष्ट छैन । मानिसहरू यिनको आर्थिक सफलतामा गर्व गर्छन्, तर तिनीहरूप्रति व्यापक घृणा पनि छ । मध्यमवर्गले आफ्ना उच्च शिक्षित सन्तानलाई यी ‘समूह’ मा पठाउन खोज्छन । तर, यस्ता समूहहरुलाई भ्रष्ट र सामाजिक न्याय अवरुद्ध गर्ने इकाइको रूपमा हेर्छन् ।

पारिवारिक स्वामित्वमा रहेका धेरै घरानाहरूले कानुनभन्दा माथिको व्यवहार गर्छन् । सरकारको सन्दर्भमा पनि यस्तै अस्पष्टता छ । पछिल्ला दुई दशकमा सरकारहरूले पनि यी समूहहरूको प्रभुत्व सीमित गर्ने प्रयास गरेका छन् । कोरियामा विश्वको सबैभन्दा भारी सम्पत्ति कर छ, जसको ६५ प्रतिशत धनी परिवारमा केन्द्रित छ । कोरिया कर्पोरेट गभर्नेन्स इम्प्रुभमेन्ट (केसीजिएल) कोष र राष्ट्रिय निवृत्तिभरण सेवा जस्ता संस्थाहरूले यस्ता कम्पनीहरूको सेयर राख्छन् । अल्पसंख्यक सेयरधनीहरूको हितको रक्षा गर्न र परिवारको स्वामित्वमा रहेका समूहहरूको पक्षमा हुने निर्णयहरूको विरोध गर्न यिनिहरुले सक्रिय भूमिका खेल्दै आएका छन् ।

जहाँ सरकारहरूले सफल व्यापार समूहहरूलाई व्यापक रूपमा संरक्षण गर्छन् र तिनीहरूको सफलतामा योगदान पुर्याउँछन् । जसमा कोरियाका ठूला व्यापार समूहका आफन्तहरूको लागि जेल सजाय घटाउनु पनि सामान्य छ । कम्पनीहरूको पारिवारिक स्वामित्व कोरियाजस्ता मध्यम आकारको औद्योगिक अर्थतन्त्रहरूको लागि तनाव हो । घरेलु तहमा समूहको खतरनाक प्रभाव परेको छ । कोरियाले ३० वर्षभन्दा बढी समयदेखि भारी सब्सिडीसहित निर्यातमुखी विकास रणनीति पछ्याइरहेको छ । यहाँ १९९० को मध्य यस्ता समूहको आर्थिक सफलताको लागि सबैभन्दा महत्वपूर्ण समय थियो । तर १९९७ को एसियाली वित्तीय संकटले उनीहरूको स्थितिलाई ओझेलमा पार्यो । १९९७ मा, शीर्ष ३० मध्ये १० कम्पनी टाट पल्टिए र २००३ सम्म बन्द भए ।

ती मध्ये चौथो स्थानमा रहेको देइवु कम्पनी थियो । यसबाहेक, उत्पादन उद्योगमा चीनसँगको प्रतिस्पर्धाले बाँकी चेन कम्पनीहरूलाई पनि कडा चुनौती खडा भएको छ । यस्ता धेरै कम्पनीको भविष्य अनिश्चित बनेको छ । यद्यपि, सामसुङ अझै बलियो छ । कोरियामा, गुगल, नाभर र काकाओ जस्ता प्रविधि र मिडिया कम्पनीका संस्थापकहरूले पहिले नै वंशवादी मनसायको धारणालाई अस्वीकार गर्दै व्यावसायिक व्यवस्थापन अपनाउने वाचा गरेका छन् ।

यद्यपि, लिगेसी उद्योगहरूमा कम लागतको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, सक्रिय सरकारी लगानीकर्ताहरू, उच्च विरासत र सम्पत्ति कर र त्यस्ता कम्पनीहरूका सदस्यहरूद्वारा अनैतिक व्यवहार, साथै तेस्रो–पुस्ताका परिवारका सदस्यहरूको अनिश्चित उत्तराधिकार जस्ता कारकहरूले कोरियामा घराना युग अन्त्यतिर रहेको संकेत गर्छ । (माइकल कार्नी, जोन मोल्सन स्कूल अफ बिजनेस, मोन्ट्रियल, क्यानडा) अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL