Logo

अत्यावश्यक औषधी ल्याउने तयारी,विश्व स्वास्थ्य संगठनले सहकार्य गर्ने

अत्यावश्यक औषधी ल्याउने तयारी,विश्व स्वास्थ्य संगठनले सहकार्य गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । औषधी व्यवस्था विभागले अत्यावश्यक औषधी ल्याउने तयारी थालेको छ । विभागले विश्व स्वास्थ्य संगठनको सहकार्यमा औषधी ल्याउने तयारी थालेको हो । यसका लागि विश्व स्वास्थ्य संगठनका पदाधिकारी सहितको परामर्श अघि बढाएको विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताए ।

भारतीय नाकाबन्दीले औषधी आयात नहुँदा बजारमा औषधिको अभाव खड्किएकाले औषधिको अभावले बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ औषधी ल्याउन लागिएको विभागले जानकारी दिएको छ ।

हाललाई बढी आवशयक देखिएको औषधी आयात गर्न लागिएको विभागले जानकारी दिएको छ । औषधी आयतमा सहकार्य गर्न विश्व स्वास्थ्य संगठन सकारात्मक देखिएको बताइएको छ ।

विभागले कतिपय औषधिहरु तेस्रो मुलुक हुँदै जहाजबाट ल्याउने काम भइरहेको समेत जानकारी दिएको छ । त्यस्तै खुकुलो देखिएका केही नाकाहरुबाट औषधिका गाडिहरु पनि भित्रिएका छन् ।

त्यस्तै औषधि बोकेका अत्यावश्यक सवारीसाधनलाई नाकाबाट भित्र्याउनका लागि विभागले भारतीय अधिकारीहरुसित पनि पहल गरेको बताइएको छ  ।मन्त्रिस्तरीय बैठकले समेत रोकिएका ट्रक ल्याउन निर्देशन दिएको बताइएको छ ।   नाकामा ४ सयभन्दा बढी औषधीका ट्रक रोकिएकोमा सो ट्रकलाई स्कर्टिङ गरेर ल्याउने तयारी भइरहेको विभागका औषधी व्यवस्थापक भरत भट्टराइले जानकारी दिए । साथै बजारमा विभागले  औषधिको अभाव भन्दै सर्वसाधारण आत्तिनु पर्ने अवस्था नरहेको समेत बताए । यही अवस्था रहेमा भने १ महिनापछि असहज वातावरण सिजना हुने बताइएको छ ।

औषधि उत्पादक संघसित विभागले औषधि उत्पादनको अवस्था, कच्चा पदार्थको अवस्था तथा आयातका सम्वन्धमा प्रस्ताव ल्याउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL