Logo

उद्योग क्षेत्रमा भारतीय नाकाबन्दीको असर, उद्योग दर्ता घट्यो

उद्योग क्षेत्रमा भारतीय नाकाबन्दीको असर, उद्योग दर्ता घट्यो


बिजखबर संवाददाता
0
Shares

लामो समयदेखि जारी तराइबन्द तथा भारतले गरेको अघोषित नाकाबन्दीको असर उद्योग क्षेत्रमा देखिएको छ ।नाकाबन्दीले गर्दा उद्यागे सञ्चालनका लागि आवश्यक अधिकांश उद्योग बन्द छन् ।

त्यस्तै नयाँ उद्योग दर्ताको क्रममा पनि कमी आएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । उद्योग विभागका अनुसार असोजको दोस्रो सातादेखि कात्र्तिको सो अवधिसम्म जम्मा ३५ ओटा उद्योग दर्ता भएका छन् । अघिल्लो महनिाको सो अवधिमा ४३ उद्योग दर्ता भएका थिए ।

सो अवधिमा सेवा क्षेत्रका १४ उद्योग दर्ता भएका छन् । त्यस्तै पर्यटन र उत्पानमुलक उद्योगको संख्या १२ १२ छ । र अन्यमा उर्जामुलक ४ र कृषि तथा वनजन्य १ उद्योग रहेका छन् । यी उद्योगहरुको जम्मा पुँजी ६४ करोड ७७ लाख रहेको छ ।

नाकाबन्दीले गर्दा नयाँ उद्योग दर्ताको प्रस्तावमा पनि कमी आएको उनले जानकारी दिए । साथै उनका अनुसार सो अवधिमा तराइबाट त एउटा उद्योग पनि दर्ताका लागि आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL