Logo

चीनबाट ग्यास ल्याइँदै, सरकार समक्ष प्रस्ताव पेस

चीनबाट ग्यास ल्याइँदै, सरकार समक्ष प्रस्ताव पेस


रक्षा रेग्मी
0
Shares

नाकाबन्दीले देशभर ग्यास अभाव भएपछि उद्योगीहरुले चीनबाट ग्यास ल्याउने तयारी थालेका छन् । विशेषगरी उपत्यकामा निकट भविष्यमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै चीनको खासा नजिक नालमबाट ग्यास ल्याउने तयारी गरेका हुन् ।

यसका लागि बुधवार वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई यस्तो यससम्वन्धि कार्ययोजना तथा प्रस्ताव पेस गरेका थिए । व्यवसायीले प्रस्ताव राखेपछि मन्त्री थापाले आवश्यक छलफल गरेर खबर गर्ने जवाफ दिएको उनले जानकारी दिए ।

नालमस्थित चिनियाँ ग्यास उद्योगसँग कुरा भएको र ग्यास दिन पनि तयार भएको ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । ‘हामीले चीनको नालमबाट ग्यास ल्याउन पुरै तयारी अवस्थामा छौं,’ उनले भने ‘सरकारले अनुमति दिएको पाँच दिनभित्र उपत्यकामा ४० हजार सिलिन्डर ल्याउन तयार छौं ।’

ग्यास आयात गर्न नेपाल सरकार र चीन सरकारवीच ‘जिटुजी’ गर्नुपर्छ । चीनबाट हप्तामा करिब ५० हजार सिलिन्डर आयात गर्दा आपूर्तिमा सहज हुने उनको दाबी छ । नालमस्थित चिनियाँ ग्यास उद्योगसँग कुरा भएको र ग्यास दिन पनि तयार भएको बताए । सरकारले अनुमति दिए कुरा गरेर आयात सुरु गर्न सबै उद्योगी तयार रहेको घिमिरेले दाबी गरे ।

विशेषगरी काठमाडौंमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै यस्तो प्रस्ताव राखिएको उनले बताए । ‘सुदूरपश्चिम र पूर्वमा ग्यास आइरहेकोले त्यहाँलाई खासै समस्या नभएको छैन,’ उनले भने ‘तराईमा दाउरा, भुसेचुलोबाट पकाउन सकिन्छ समस्या उपत्यकालाई छ ।’

चीनबाट आयात गर्दा अहिले उपभोक्ताले तिर्दै आएको मूल्य भन्दा प्रतिसिलिन्डर ५ सय महंगो पर्ने घिमिरेले जानकारी दिए । उनका अनुसार चीनमा प्रतिकेजी ग्यासको मूल्य ५ दशमलव ५ युआन पर्छ ।

ग्यास खरिद, ढुवानी,प्लान्टलगायत जोडेर उपभोक्ताले एउटा सिलिन्डरमा ५ सय रुपैयाँ बढी तिर्नुपर्ने बताइएको छ । यो मूल्यमा भने सरकारले अनुदान दिने व्यवस्था गर्नु पर्ने उनले बताए । अथवा उपभोक्ताले नै प्रतिसिलिन्डर ५ सय बढी तिर्नुपर्ने हुन्छ । यो दिर्घकालीन योजना भने नभएको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL