Logo

जुत्ता उद्योगमा जनशक्ति अभाव

जुत्ता उद्योगमा जनशक्ति अभाव



काठमाडौं । गुणस्तर र विश्वासका कारण नेपाली जुत्ता तथा चप्पल ग्राहकको आवकर्षण बढ्दै गएको छ । पछिल्लो समय नेपाली जुत्ता तथा चप्पलको माग बढ्दै गएको छ । स्वदेशी जुत्ता÷चप्पल उत्पादकहरुका अनुसार नेपाली उत्पादनले ५५ प्रतिशतभन्दा बढी बजारहिस्ता ओगटीसकको छ । दिनहँुजसो नेपाली जुत्ता चप्पलको माग बढेपनि त्यस्ता उद्योगका लागि आवश्यक जनशक्ति भने अभाव हुँदै गएको छ ।

नेपालमा जुत्ता उद्योग फस्टाउँदै गएपनि दक्ष जनशक्तिको अभाव भने बढ्दै गएको नेपाल छाला जुत्ता तथा बस्तु उत्पादक संघका उपाध्यक्ष तथा कोशेली छाला जुत्ता उद्योगका प्रोपाइटर रविनकुमार श्रेष्ठले बताए । ‘दक्ष जनशक्ति अभावका कारण व्यवसायीहरु आफैल तालिम दिएर जनशक्ति उत्पादन गर्दै आएका छन्,’ उनले भने, ‘त्यसरी उत्पादन गरेका जनशक्तिहरु पनि विदेश पलायन हुन थालेका छन् ।’ जसले गर्दा उद्योगीहरुको ठूलो मात्रामा लगानी खेर गएको उनको भनाइ छ ।

आजभन्दा ३ वर्ष अघि छाला जुक्ता तथा वस्तु उत्पादक संघले नै जुत्ता सिलाई सम्बन्धी तालिम दिएर जनशक्ति उत्पादन गर्ने काम शुरु गएको थियो । त्यसरी उत्पादन गरेका जनशक्तिलाई सम्बन्धित जुत्ता उद्योगमा काम लगाउने गरेका थिए । त्यस्ता जनशक्तिहरु पनि काम छोडेर वैदेशिक रोजगारीमा जान थालेपछि समस्या उत्पन्न भएको व्यवसायीहरु बताउँछन् ।

छाला जुत्ता उद्योगमा काम गर्न जनशक्तिले मासिक ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । आम्दानी बढी भएपनि त्यस्ता क्षेत्रमा काम गर्ने कामदारलाई समाजले राम्रो दृष्टिकोणले हेर्ने गरेरकाले कामै छाडेर हिड्ने गरेका एक उद्योगीले बताए । ‘कतिपय कामदारहरु वैदेशिक रोजगारीमा जान काठमाडौंका म्यानपावर कम्पनीमा आएका वेला काम खोज्दै जुत्ता उद्योगमा आइपुग्छन्,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘भिसा लाग्ने समयसम्म काम गर्छन् भिसा आएपछि कामै छाडेर वैदेशिक रोजगारीमा जाँन्छन् ।’ सम्बन्धित काममा दक्ष बन्ने वेलामा कामै छाडेर बैदेशिक रोजगारीमा जाने गरेकाले त्यस्ता व्यक्तिलाई उद्योगले गरेको लगानी समेत फस्ने उनको भनाइ छ ।

श्रेष्ठका अनुसार जुत्ता उद्योगका लागि नेपाल कामदार पाउन छाडेपछि भारतीय कामदार ल्याउनु पर्ने वाध्यता बढेको छ । हाल नेपालका प्रायजसो जुक्ता उद्योगमा दक्ष कामदारका रुपमा भारतीय नागरिक रहेका छन् । ‘नेपाली कामदार २० हजार रुपैयाँ कमाउन १ लाख रुपैयाँभन्दा बढी पैसा खर्च गरेर मलेशिया तथा खाडी मुलुकमा जाने गरेका छन्,’ श्रेष्ठले भने, ‘तर, भारतीय नागरिकले विना खर्च नेपालका छाला जुत्ता उद्योगमा काम गरेर मासिक ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL