Logo

३२ स्थानीय तहसँग औद्योगिक ग्राम निर्माण समझदारी, प्रत्येकलाई ९२ लाखको चेक हस्तान्तरण

३२ स्थानीय तहसँग औद्योगिक ग्राम निर्माण समझदारी, प्रत्येकलाई ९२ लाखको चेक हस्तान्तरण



काठमाडौं । सरकारले विभिन्न ३२ स्थानीय तहसँग औद्योगिक ग्राम स्थापनाका लागि सम्झौता गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ३२ स्थानीय तहका पदाधिकारसँग सम्झौता गरेको हो ।

मन्त्रालयले प्रत्येक स्थानीय तहलाई औद्योगिक ग्राम निर्माण गर्नका लागि जनही ९२ लाख रुपैयाँ समेत प्रदान गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले स्थानीय तहका पदाधिकारीहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भट्टले साना साना उद्योगीलाई प्रोत्साहन गर्नेगरी उक्त सम्झोता गरिएको बताएका छन । उनले देशलाई समृद्ध तुल्याउन विभिन्न प्रकारका सहुलियत स्वरु उद्योगी व्यवसायीलाई सहजीकरण गर्ने समेत बताएका छन ।

यस्तै कार्यक्रममा बोल्दै आपुर्ती सचिव बैकुण्ठ अर्यालले देशको समृद्धिमा उद्योगहरुको ठुलो भुमिका रहने बताएका छन । उनले नेपालको कच्चा पदार्थमा नेपालकै उत्पादन बजारमा ल्याउनका लागि सरकारले औद्योगिक ग्रामको अवधारणा ल्याएको बताए । उनले कार्यक्रममा बोल्दै नेपालका विभिन्न स्थानीय तहका स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी नेपालको वैदेशिक व्यापारलाई आत्मनिर्भर बनाउन औद्योगिक ग्रामले ठुलो भुमिका खेल्ने बताएका छन ।

यस्तै कार्यक्रममा बोल्दै उद्योग राज्यमन्त्री मोतीलाल दुगडले सरकार उद्योगिको हितमा काम गर्ने बताउँदै औद्योगिक ग्राम लगायतका अन्य कार्यक्रम पनि ल्याउन तयार रहेको बताएका छन ।
कार्यक्रममा विभिन्न ३२ स्थानीय तहका पदाधिकारीहरुलाई औद्योगिक ग्राम निर्माणका लागि ९२ लाख रुपैयाँको चेक हस्तान्तरण समेत गरिएको छ । सरकारले विभिन्न ४२ ओटा औद्योगिक ग्रामको योजना बनाएपनि पहिलो चरणमा भने ३२ ओटा औद्योगिक ग्रामसँग सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL