Logo

मुरारका बने उवा महासंघको १८औं अध्यक्ष, आजैबाट पदभार सम्हाल्दै

मुरारका बने उवा महासंघको १८औं अध्यक्ष, आजैबाट पदभार सम्हाल्दै


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

१८ असार,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन् ।

महासंघका कार्यबाह अध्यक्ष मुरारकालाई शुक्रवारको विशेष साधारण सभाले आधिकारीकता दिएको छ ।  मुरारका महासंघको १८ औं अध्यक्ष हुन् ।

अध्यक्ष प्रदिपजंग पाण्डे भ्रष्टाचार मुद्दामा जेल परेपछि उनले कार्यबाह अध्यक्षको पद सम्हालेका थिए ।

महासंघको अध्यक्ष पदका लागि पशुपति मुरारका, भवानी राणा र भाष्करराज कर्णिकारले उम्मेदवारी दर्ता गराएका थिए । तर महासंघ एक ढिक्का भएर अगाडि बढ्ने र एकताका लागि भन्दै उनीहरुले आफ्नो उमेदारी फिर्ता लिएका थिए । उनले आजैबाट आफ्नो पदभार सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL