Logo

केएफसी र पिज्जाहट पुनःसञ्चालन गर्न माग, कहिल्यै नखोलिने :व्यवस्थापन

केएफसी र पिज्जाहट पुनःसञ्चालन गर्न माग, कहिल्यै नखोलिने :व्यवस्थापन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२५ जेठ,काठमाडौं । गत बैशाख ३० गतेदेखि बन्द रहेको बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राईड चिकेन) र पिज्जाहटको नेपालस्थित विक्री केन्द्र (चेन) पुनः सञ्चालनमा ल्याउन त्यहाँ कार्यरत मजदुर तथा कर्मचारीले दबाब दिएका छन् । केएफसी र पिज्जाहट सुचारु गर्न कर्मचारीले व्यवस्थापक देवयानी इन्टरनेशनल प्रालिलाई दबाब दिएका हुन् ।

कर्मचारीहरुले विना जानकारी रेष्टुराँ बन्द गराइएको भन्दै त्यसप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । सोमबार एक पत्रकार सम्मेलन गरी केएफसी र पिज्जाहटमा कार्यरत मजदुर तथा कर्मचारीले रेष्टुराँ खोल्न अपिल गरेका हुन् ।
मजदुर र कर्मचारीबाट सुरक्षा खतरा भएको भन्दै केएफसी तथा पिज्जाहटको दरबारमाग र ब्लुबर्डमलस्थित रेष्टुराँ बन्द गरेको हो । व्यवस्थापनले सूचनानै सार्वजनिक श्रम ऐनको दफा ७७ अनुसार विक्री केन्द्र बन्द गरेको जनाएको थियो ।

कर्मचारीहरुले मजदुर तथा कर्मचारीले आफूहरुलाई जानकारी नै नगरी रेष्टुराँ बन्द गरिनु गैरकानुनी बताएका छन् ।

11121485_1662492427305639_33610748_n

भुकम्पले आहत पुर्याइरहेको अवस्थमा रेष्टुराँ सधैका लागि बन्द गर्ने घोषणाले तनाव दिएको अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराँ मजदुर संघ, देवयानी इन्टरनेशनल नेपाल प्रालि मुल इकाई कमिटिका अध्यक्ष सीताराम बिकेले बताए ।

साथै व्यवस्थापनको गैरकानुनी तथा गैरजिम्मेवारपूर्ण कदमको विरुद्दमा आफुहरुले श्रम कार्यालयमा समेत निवदेन दिइसकेको जानकारी दिए । देवयानी इन्टरनेशनलका निर्देशक रोहित कोलिले भने मजदुरकै कारण केएफसी र पिज्जाहट बन्द गरिएको दाबी गर्दै अब कहिल्यै नखोलिने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL