Logo

जलविद्युत कम्पनीको १ अर्ब ९० करोडको सेयर खुल्ला, म्याद ३ दिन बढाउन सकिने

जलविद्युत कम्पनीको १ अर्ब ९० करोडको सेयर खुल्ला, म्याद ३ दिन बढाउन सकिने


बिजखबर संवाददाता
54
Shares

नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी(एचआइडिसीएल)ले १ अर्ब ९० करोड रुपैयाँ बराबरको साधारण सेयरको आवेदन खुल्ला गरेको छ । सो सेयर जलविद्युत क्षेत्रको अहिलेसम्मकै ठूलो हो । इक्रा नेपालले जलविद्युत कम्पनीको शेयरलाई ग्रेड ३ रेटिङ दिएको छ ।

एचआइडिसीएलको सेयरमा आगामी कात्तिक २९ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । मागभन्दा बढी आवेदन परेको अवस्थामा भने कात्तिक १९ गते नै आवेदन लिन बन्द गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको सेयर निष्काशनको जिम्मेवारी नागरिक लगानी कोषलाई दिइएको छ ।

सहायक बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल र एनसीएम मर्चेण्ट बैंक रहेका छन् । कम्पनीले सामुहिक लगानी कोषहरुका लागि यसअघि नै १० लाख कित्ता बाँडफाँट गरिसकेको छ ।

प्रतिकित्ता सय रुपैंयाका दरले न्युनतम ५० कित्ता अर्थात् ५ हजार रुपैंयादेखि अधिकतम ५० लाख कित्ता अर्थात ५० करोड रुपैंयासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । लगानी कोषका कार्यालयलगायत २० वटा कम्पनीका कार्यालयहरुमा आवेदन फारम लिएर आइपिओ भर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL