Logo

बिजुलीमा साढे २ खर्ब डलर लगानी गर्दै भारत

बिजुलीमा साढे २ खर्ब डलर लगानी गर्दै भारत


रामराजा श्रेष्ठ
27
Shares

भारतले आगामी ५ बर्ष भित्र बिजुली उत्पादनमा २ खर्ब ५० अर्व डलर लगानी गर्ने भएको छ । उर्जा कोइला तथा नविकरणिय उर्जा मन्त्री पीयुष गोयलले सन् २०१९ सम्ममा भारतलाइ उर्जामा आत्मनिर्भर बनाउनका लागी यो रकम खर्च गर्न  लागेको भारतबाट प्रकाशित हुने दैनिक भास्कर पत्रिकाले लेखेको छ ।

भारतमा अहिले पनि झण्डै ५ करोड घरमा बिजुली नपुगेको एक सर्वेक्षणले देखाएको छ ।यसका साथै ठुलो संख्यामा  रहेका फ्याक्ट्री डिजल पलान्ट तथा जेनेरेटरको सहायतामा सञ्चालन हुन्छन । यो स्थितीमा परिवर्तन ल्याउन केन्द्र सरकारले उर्जामा लगानी गर्न लागेको हो ।

भारतले सन् २०१९ सम्ममा चाहिने भन्दा बढि बिजुली उत्पादन गर्ने रणनीति लिएको छ । यसका लागि नविकरणीय उर्जामा पनि लगानी गर्ने उसको योजना रहेको छ ।  यसका लागी ५ बर्ष भित्रमा कोइला उत्पादनमा दोब्बर बृद्धि गर्ने र सौर्य उर्जा बढाएर १०० गिगाहर्ज पुर्याइने मन्त्री गोयलले बताएका छन् ।

वर्ल्ड इकोनोमिक फोरम तथा सीआईआई द्वारा आयोजित इंडियन इकोनोमिक समिटको एक कार्यक्रम लाइ सम्बोधन गर्दै उर्जामन्त्री गोयलले देशमा २४ घण्टा बिजुली आपुर्ती गर्नको लागी ठुलो चुनौती रहकाले उर्जामा लगानी आवश्यक रहेको स्पष्ट पारे ।अगामी ५ बर्षमा भारतमा बिजुलीको माग २ गुणाले बढ्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL