Logo

आइओसी टोली नेपाल आउँदै, पाइपलाइन बिस्तारबारे छलफल हुने

आइओसी टोली नेपाल आउँदै, पाइपलाइन बिस्तारबारे छलफल हुने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददता

२० कात्तिक, काठमाडैं ।  लामो समयसम्म अड्किएर रहेको रक्साैल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण र रक्साैलको भण्डारण क्षमता बिस्तारका बारेमा छलफल गर्न इन्डियन आयल कर्पोरेसन (आइओसीको)चार सदस्यीय टोली आज नेपाल आउँदैछ ।

दुवै परियोजना सञ्चालन गर्ने मोडालिटीबारे छलफल गर्न टोली नेपाल आउन लागेको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए।’छलफलमा दुवै परियोजना निशुल्क बनाइदिन आइओसीलाई आग्रह गर्नेछै ‘ भट्टले भने ।

आइओसीका तर्फबाट पाइपलाइन निर्देशक, आइओसी प्रोजेक्टका कार्यकारी निर्देशक र उप–महाप्रबन्धक तथा व्यापार विभागका उप–महाप्रबन्धको सहभागिता रहने बताइएको छ ।

यसअघि आइओसी र निगमबीच  पेट्रोलियम पाइपलाइन बिस्तारका बिषयमा पटकपटक छलफल भएको थियो। पाइपलाइन तथा डिपोको क्षमता विस्तारमा लाग्ने खर्च बेहोर्न निगमका तर्फबाट प्रश्ताव राख्ने तयारी पनि भैरहेको स्रोतले बताएको छ ।

खर्च बेहोर्ने निर्णय आइओसीले मात्र गरेर हुदैन यसका लागि दुइ देशका सरकारले छलफल गरेर निर्णय लिनुपर्ने सरोकारवालाहरु बताउछन्। त्यसैका लागि अहिले चार सदस्यीय टोली नेपाल आउन लागेको हो। ५ अर्ब भारुको कुल लागत लाग्ने उक्त परियोजना  दुईदेशका सरकारबिच सहमती भएपछिमात्रै शुरु हुने निगमले  बताएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
MBL