Logo

भारतबाट फेरि बढेर आयो पेट्रोलको मूल्य, डिजेटको मूल्य भने घट्यो

भारतबाट फेरि बढेर आयो पेट्रोलको मूल्य, डिजेटको मूल्य भने घट्यो



काठमाडौं । भारतीय आयल निगमले नेपाल आयाल निगमलाई पुनः पेट्रोलको बढेको मूल्यसहित नयाँ मूल्यसूची पठाएको छ । प्रत्येक महिनाको १ र १६ तारिखमा आउने प्रक्रियाअन्तर्गत भारतले नेपाललाई पुनः पेट्रोलको मूल्य बढेको पठाउँदा डिजेलको भने घटेको पठाएको हो ।

laxmi

निगमका अनुसार नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ३ रुपैयाँ १६ पैसा बढेर आएको छ भने डिजल प्रति लिटर १ रुपैयाँ ३० पैसा घटेर आएको छ । यो नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७६ पैसा नाफा हुनेछ।

यस्तै डिजलमा यसभन्दा अघिदेखि नै १२ रुपैयाँ १३ पैसा घाटामा रहेकाले अब डिजलमा प्रतिलिटर १० रुपैयाँ ८३ पैसा घाटा यथावत रहने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL