Logo

आइएमई अटोमोटिभ्सले नेपाल भित्र्यायो एस्कर्टसको नयाँ डीजी म्याक्स थ्रीइ ब्याक्होलोडर

आइएमई अटोमोटिभ्सले नेपाल भित्र्यायो एस्कर्टसको नयाँ डीजी म्याक्स थ्रीइ ब्याक्होलोडर



काठमाडौ । नेपालको लागि एक्स्कर्स मेसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले एक्स्कर्सको हेभि इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डीजी म्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ ।

कम्पनीका अनुसार नयाँ मेसिन अत्याधिक कार्य क्षमतासहित डिजाइन अरुभन्दा फरक रहेको छ । अपरेटरलाई कामगर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा बिशेष ध्यान दिएको छ । डीजी म्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडि रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनले बिशेष आकर्षक बनाइएको छ ।

रात्रीकालीन समयमाकामगर्न सजिलो होस् भन्ने उद्देश्यका साथमेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठूलो साइजका लीड लाइटहरु प्रयोग गरिएको छ । अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्टम जडान गरिएको छ । अगाडि र पछाडि दुबैतिर क्याबिनको झ्याल खोल्न सकिने छ । जस्ले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेरिङ्ग चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छा अनुसार एडजस्ट पनिगर्न सकिने पावर स्टेरिङ्ग दिइएको छ ।

सहजै मसिन संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ । यो मसिनबजारमाउपलब्धमसिनहरुभन्दाअत्याधुनिकतथायुजर फ्रेण्डल्ली भएको कम्पनीकाबिजनेस हेड कुलदीप घिमिरेले बताए ।

डीजीम्याक्स थ्रीइचौथो जेनेरेसन फिचर्समाआधारित छ । इक्युपमेन्ट मोनिटरिङ्ग सिस्टम जडान हुनाले अपरेटरले मसिन संचालनको क्रममा मसिनको बारेमा सम्पूर्ण जानकारी पाउने छन् । मसिनको अपरेशनखर्च कमलाग्ने भएकाले ब्याक्होलोडर सेगमेन्टमा एक्स्कर्सको राम्रो मार्केट शेयर बढ्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा एक्स्कर्सको झण्डै १ हजार १ सय युनिट भन्दा बढि मसिनहरु छन् । आइएमई अटोमोटिम्स प्रालिले देशभरका १२ वटै शाखाअन्तर्गत २०१४ देखि एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्रिवितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL