Logo

भाटभटेनी सुपरमार्केटमा जापानिज खानाका परिकार, ‘देकाइदो एक्सप्रेस’ले शुरु गर्यो सेवा

भाटभटेनी सुपरमार्केटमा जापानिज खानाका परिकार, ‘देकाइदो एक्सप्रेस’ले शुरु गर्यो सेवा



काठमाडौं । महाराजगञ्जको भाटभटेनी सुपरमार्केटमा देकाइदो एक्सप्रेसको नाममा जापानिज फाष्टफुडको काउण्टर मंगलबारदेखि सुरु भएको छ ।

laxmi

जापानबाट फर्किएका नेपाली युवा उद्यमीहरुको संयुक्त प्रयासमा सञ्चालित होक्काइडो रामेन हाउस समूहले सो काउण्टर सञ्चालनमा ल्याएको हो । सो काउण्टरमा २० किसिमका जापानिज खानाका परिकारहरु पाइने बताइएको छ ।

समूहका प्रमुख अर्जुन अधिकारीले यस बर्षभित्र विभिन्न ७ स्थानमा देकाईदो एक्सप्रेसका ७ वटा काउण्टरहरु खोलेर सञ्चालनमा ल्याउने योजना रहेको बताए । होक्काइदो रामेन हाउस जापानको होक्काइडोमा बसेर त्यहाँ काम गरी फकिएका नेपालीहरुले सञ्चालनमा ल्याएको जापानी परिकार पाइने गृह हो ।

अहिलेसम्म यसले काठमाडौंमा चार ठाँउमा जापानिज खानाको काउण्टर खोलेको छ । पार्क भिलेज र ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा यसका काउण्टरहरु पहिल्यै सञ्चालनमा आइसकेका छन् । देक्काईदोको भने महाराजगञ्जको भाटभटेनीको काउण्टर पहिलो हो ।

फूलहरुको सुन्दर शहर मानिने जापानको होक्काइडोका परिकारहरु स्वादिष्ट र स्वास्थ्यबर्धक रहेकोले त्यहाँको खाना नेपालीहरुलाई खुवाउने उद्देश्यले आफूहरुले यो व्यवसाय सुरु गरेको अर्जुन अधिकारीले बताए ।

होक्काइदो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा भाटभटेनीका विभिन्न सुपरमार्कैटबाट जापानिज लञ्च बक्स वेन्तो र जापानी मदिरा ओसाके जापानी खाद्य तथा पेयका पारखीलाई उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL