Logo

सीजीका एसीहरुको खरिदमा नयाँ अफर, अब निःशुल्क जडानको व्यवस्था

सीजीका एसीहरुको खरिदमा नयाँ अफर, अब निःशुल्क जडानको व्यवस्था



काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सी।जी।ले हालै एसीहरुको खरिदमा अब निःशुल्क जडानको व्यवस्था गरेको छ । आफ्ना सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गरेर अब देखि सी।जी।का कुनैपनि इन्भर्टर वाल माउन्ट एसी, स्प्लिट टाइप एसी तथा अनअफवाल माउन्ट स्प्लिट टाइप एसीहरुको खरिदमा निःशुल्क जडान पाउन सक्नुहुनेछ । ग्राहकहरुले जडान गर्दा लाग्ने रु २,५०० बराबरको खर्च जोगाउन सक्नेछन् ।

laxmi

यी एसीहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै विजुलीको पनि कम खपत गर्ने गर्दछ । यो जाडो याममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत गराउनु यी एसीहरुको विशेष उद्देश्य रहेको छ ।

साथसाथै यी एसीहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौं क्षेत्र भित्रमा २४ घण्टा भित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL